कर्णालीका मुख्य न्यायाधीवक्ताले दिए राजिनामा
काठमाडौं : कर्णाली प्रदेशका मुख्य न्यायाधीवक्ता विद्याभुषण मानन्धरले आज राजिनामा दिएका छन् ।
उनी २८ चैत २०७४ मा कर्णाली प्रदेश सरकारको मुख्य न्यायाधीवक्ता नियुक्त भएका थिए । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिसमा तत्कालीन प्रदेश प्रमुख दुर्गाकेशर खनालले उनलाई नियुक्त गरेका थिए ।
‘आफ्नो पदीय जिम्मेवारीमा २ वर्ष १० महिनाको ऐतिहासिक कार्यकाल सफलतापूर्वक सम्पन्न गर्न पाएकोमा मैले आफूलाई गौरवान्वित ठानेको छु,। यो ऐतिहासिक जिम्मेवारी प्रदान गर्ने कर्णाली प्रदेश सरकारप्रति हार्दिक आभार व्यक्त गर्छु,’ मानन्धरले आफ्नो फेसबुक पेजमा लेखेका छन् ।
निजी कार्यव्यस्तताका कारण आफूले सम्हाल्दै आएको जिम्मेवारीमा रहिरहन नसक्ने भएकाले आजदेखि पदबाट राजीनामा दिएको उनले बताएका छन् ।
प्रकाशित :२ फागुन, २०७७
