TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

एक अर्ब राजस्व छलेको आरोपमा १३ जनाविरुद्ध मुद्दा


एक अर्ब राजस्व छलेको आरोपमा १३ जनाविरुद्ध मुद्दा
ADVERTISEMENT

काठमाडौं : झुटा तथा नक्कली बिजक प्रयोग झण्डै एक अर्ब बराबरको राजस्व छली गरेको आरोपमा १३ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।


राजस्व अनुसन्धान विभागले गरेको अनुसन्धानमा विभिन्न ११ वटा फर्मको बैंक खाता सञ्चान गरी १३ जनाले राजस्व छली गरेको पाइएको हो । उनीहरूले वस्तु तथा सेवा खरिद नै नगरी झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर (भ्याट)को बिजक मात्र किनेर मूल्य अभिवृद्धि कर र आयकर छली गरेका विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए ।

यस आर्थिक अपराधमा सर्लाहीको बलरा नगरपालिका-७ बस्ने मुख्य अभियुक्त सुबोध साहसहित १० र उनीहरूको मतियारको रुपमा अन्य तीन गरी १३ को संलग्नता रहेको विभागले जनाएको छ । उनीहरूले ९१ करोड ३० लाख ५६ हजार बिगो बराबरको राजस्व छली गरेको विभागले आरोप लगाएको छ ।

यसमा अनुसन्धान सकी बिगो असुल गरी जरिवाना र कैद सजाय माग दाबीसहित आज उच्च अदालत पाटनमा मुद्दा दायर गरेको महानिर्देशक मैनालीले जानकारी दिए । मुख्य प्रतिवादी सुबोध साहसमेतले कर बिजकको कारोवार गर्ने सुरेन्द्र सहनी, सरोजकुमार मिश्र, कलिम अन्सारी, अवधेश पटेल, सुमनकुमार महतो, राजेश्वर महतो, इदा खातुन, हरिन्द्र राम र मोतीलाल सहनीसमेतको मिलेमतोमा ११ वटा फर्म खडा गरी वस्तु तथा सेवा खरिद नै नगरी झुटा तथा नक्कली मूल्य अभिवृद्धि करको बिजकमात्र किनेर मूल्य अभिवृद्धि कर र आयकरसमेत चुहावट गरेको विभागको अनुसन्धानमा खुलेको छ ।

प्रतिवादीले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित गरेको एवं सोही ऐनको दफा ४ को खण्ड (क), (ख), र (छ) बमोजिम कसुर गरेको विभागले जनाएको छ । विभागले दायर गरेको मुद्दामा उक्त लेखापरीक्षणमा कागजात तयार गरी झुटा तथा नक्कली कर बिजकको कारोवार एवं लेखा परीक्षण प्रतिवेद तथा लेखा परीक्षण गरी कर छलीमा सहयोग गर्ने लेखा परीक्षक कृष्णप्रसाद घिमिरे, दीपक निरौला र दीपककुमार कोइरालाविरुद्ध मुख्य अभियुक्तले पाउने सजायको आधार सजायको मागदाबी गरिएको छ । रासस

प्रकाशित :४ फागुन, २०७७

तपाईको प्रतिक्रिया

Related Posts

निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
परिवर्तनमुखी परिणामको दाबी गर्दै मनिष झा गाउँ–टोलमा
प्रदेश २

परिवर्तनमुखी परिणामको दाबी गर्दै मनिष झा गाउँ–टोलमा

March 1, 2026
Next Post
अग्रीम भुक्तानी गरेर कोभिसिल्ड भ्याक्सिन खरिद गर्ने मन्त्रिपरिषदको निर्णय

अग्रीम भुक्तानी गरेर कोभिसिल्ड भ्याक्सिन खरिद गर्ने मन्त्रिपरिषदको निर्णय

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य