TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

झा दम्पति बेपत्ता प्रकरण : अपहरको आरोपमा एक जना भारतीय नागरिकसहित एकै परिवारका तीन जना  पक्राउ


झा दम्पति बेपत्ता प्रकरण : अपहरको आरोपमा एक जना भारतीय नागरिकसहित एकै परिवारका तीन जना  पक्राउ
ADVERTISEMENT

जनकपुरधाम, ८ चैत । आफ्नै घरबाट वेपत्ता भएका महोत्तरीका बृद्ध दम्पतिको अपहरण गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।


जिल्लाको पिपरा गाउँपालिका–५, सहोडबाका मुसाफिर झा र उनकी पत्नी गीता देवी झा फागुन १० गते राति वेपत्ता भएका थिए । उनीहरुको अवस्था अझै अज्ञात छ ।

तर उनीहरुलाई अपहरण गरेको आरोपमा प्रहरीले चैत ५ गते सहोडबाका ५२ बर्षीय रामबाबु यादव, उनका जेठो छोरा २६ बर्षीय सुरेन्द्र यादव, कान्छो छोरा २४ बर्षीय राजेन्द्र यादव र पिपरा गाउँपालिका–६ बनौली चोक बस्ने भारतीय नागरिक ५० बर्षीय हरेन्द्र ठाकुरलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार चार जनाले वृद्ध दम्पतिको अपहरण गरेको केही प्रमाण भेटिएको छ । पक्राउ परेकामध्ये रामबाबु यादवको घरमा भेटिएको रगत परीक्षण गर्दा मानव रगत नै भएको प्रमाणित भएको छ । पक्राउ परेकाहरुको पोलिग्राफ टेष्टसमेत गरिएको छ र, उनीहरुले झुटो बोलेको पाइएको छ ।

रामबाबुसँग हरेन्द्र ठाकुर पनि जोडिएका छन् । फागुन ११ गते प्लटिङ गरेको जग्गामा उपस्थिति भएका उनले राति पटकरपटक कुराकानी भएको र गतिविधि शंकास्पद देखिएको प्रहरी निरीक्षक रञ्जन मिश्रले जानकारी दिए ।

जग्गाको विवाद थियो

भारतीय नागरिक हरेन्द्र ठाकुरको समूहले महोत्तरी, सहोडबामा १३ बिगाहा जग्गामा प्लटिङ गरेका थिए । प्लटिङको उत्तरतर्फ वेपत्ता भएका मुसाफिर झाको १४ कट्ठा जग्गा थियो । र, त्यसभन्दा उत्तरतर्फ हरेन्द्रले २ बिगाहा जग्गा लिएका थिए । आफ्नो जग्गासम्म पुग्ने बाटो नभएपछि हरेन्द्रले झाको १४ कट्ठा जग्गा किन्न खोजेका थिए । तर झाले जग्गा बेच्न मानेका थिएनन् ।

ठाकुरले झालाई प्लटिङ स्थलमा बोलाउने र बाटो नभएकै कारण घडेरी बन्ने जग्गा खेत हुन गुनासो गर्ने गरेका थिए । उनले झा दम्पतिलाई जग्गा बिक्री गर्न सहमत गराउन रामबाबु यादवलाई समेत प्रयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

फेला परेनन् झा दम्पति

यही विवादमा हरेन्द्र, रामबाबुको समूहले झा दम्पतिको अपहरण भएको प्रहरीको दाबी छ ।

तर झा दम्पतिको अवस्था अझै अज्ञात छ । उनीहरुको खोजी भइरहेको भन्दै प्रहरीले कुनै जानकारी वा सूचना भए जानकारी गराउन अनुरोध गरेको छ ।

घटनाको अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय, महोत्तरी र २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामका साथ केन्द्रीय अनुसन्धान ब्युरोको टोली खटिएको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
परिवर्तनमुखी परिणामको दाबी गर्दै मनिष झा गाउँ–टोलमा
प्रदेश २

परिवर्तनमुखी परिणामको दाबी गर्दै मनिष झा गाउँ–टोलमा

March 1, 2026
Next Post
राजकीय भ्रमणमा राष्ट्रपति भण्डारी बङ्गलादेश प्रस्थान

राजकीय भ्रमणमा राष्ट्रपति भण्डारी बङ्गलादेश प्रस्थान

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य