काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ। बिहीबार सुन्धारास्थित काठमाडौं न्यूरो अस्पतालमा प्रधानको निधन भएको हो।
स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका प्रधानको निधन भएको गायक दिनेश अधिकारीले जानकारी दिए। ‘स्तब्ध छु। कसरी भन्नु नेपाली संगीतको हाम्रो गौरव प्रेमध्वज प्रधान भौतिक रुपमा अब हामीबीच रहनु भएन’, अधिकारीले भने, ‘फेरि पनि सत्य यही हो।’
गायक प्रधानको छातिमा सामान्य समस्या देखिएपछि बिहीबार अस्पताल भर्ना गरिएको थियो। सामान्य ज्वरो र छातिमा समस्या देखिएपछि कोरोना आशंका गरिएको भए पनि उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।









तपाईको प्रतिक्रिया