जनकपुरधाम । जनकपुरधामको कोरोना विषेश अस्पतालमा गए राति एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नंं ८ का वर्ष ५५ का पुरुषको विगत ३/४ दिनदेखि प्रादेशिक कोरोना अस्पतालको भेन्टिलेटरम राखेर हुँदै आएको उपचारको क्रममा उनको मृत्यु भएको कोभिड अस्पतालका संयोजक डा.मनिष पाण्डेले जानकारी दिनुभयो ।
मृतकको शरीरमा रगतको अभाव रहेको र नयाँ रगत बन्नमा समस्या भएकाले मृत्यु भएको डा. पाण्डेले जानकारी दिनुभयो ।
अहिले प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा ३ जना भेन्टिलेटरमा र अन्य ३१ जना बिरामी आइसियु तथा अन्य बेडमा उपचाररत छन् ।
अस्पतालमा अक्सिजनको अहिले अभाव नभएको पनि कोरोना अस्पतालका संयोजक डा. पाण्डेले जानकारी दिनुभयो ।









तपाईको प्रतिक्रिया