प्रधानमन्त्री केपी शर्मा ओली आजै राति पुनः प्रधानमन्त्रीमा नियुक्त भएका छन् । प्रतिनिधिसभामा बैशाख २७ गते विश्वास गुमाएका ओली ठूलो दलको संसदीय दलको नेताको हैसियतमा पुनः प्रधानमन्त्री बनेका हुन् ।
विपक्षीले समयसीमा भित्र बहुमत जुटाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुसार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
दुई वा दुईभन्दा बढी दलहरुले बहुमत सिद्ध गर्न नसके ठूलो दलको नेतालाई प्रधानमन्त्री बनाइने संविधानको धारा ७६ (३) मा प्रावधान छ ।










तपाईको प्रतिक्रिया