TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

सर्वोच्चको आदेशः जसपाका चार सांसद् पदमुक्त नहुने


ADVERTISEMENT

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीबाट बर्खास्त भएका लुम्बिनी प्रदेशका चार सांसदलाई पुनर्वहाली गर्ने आदेश दिएको छ ।


सोमबार न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले जसपाबाट निर्वाचित चार सांसदलाई पदमुक्त गर्ने प्रदेशसभा सचिवालयको निर्णय संविधान र कानूनसम्मत नभएको ठहर गर्दै यथास्थितिमा राख्न आदेश दिएको हो ।

जसपाका सांसद विजयबहादुर यादव, कल्पना पाण्डे, सन्तोषकुमार पाण्डे र सुमन शर्मा रायमाझीले आफ्नै पार्टीविरुद्ध रिट दायर गरेका थिए । उनीहरुलाई सांसद पदबाट पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी भएको हो ।

आदेशमा भनिएको छ, दुवै पक्षबीच छलफल भई अन्तरिम आदेश जारी हुने नहुने सम्बन्धमा निर्णय नभएसम्मको अवधिका लागि यी निवेदकहरूलाई लुम्बिनी प्रदेश सभा सदस्यबाट निष्काशन गर्ने लुम्बिनी प्रदेश सभाका सभामुखको मिति २०७८। १।१६ को निर्णय, प्रदेश सभाको सूचना एवम् सो सम्बन्धी पत्राचार कार्यान्वयन नगर्नु नगराउनु, यथास्थितिमा राख्नु भनी विपक्षीहरूका नाउँमा अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ । अदालतले छलफलका लागि जेठ १६ गतेलाई पेशी तोकिदिएको छ ।

पार्टीको निर्णयविपरीत लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा मन्त्री बनेपछि उनीहरुलाई जसपाले कारवाही गरेको थियो । पदमुक्त भएपछि उनीहरु पार्टी र प्रदेशसभाले अन्याय गरेको भन्दै सर्वोच्च अदालत पुगेका हुन् ।

यता लुम्बिनी प्रदेशमा आफ्ना ४ जना सांसदलाई पदमुक्त गर्ने निर्णयविरुद्ध जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर शुक्रबार निर्वाचन आयोग पुगेका थिए । अध्यक्ष ठाकुरले गैरकानुनी पत्र एवं सोसँग सम्बन्धी अन्य पत्र तथा निर्णयसमेत बदरका लागि यथाशीघ्र कानुनी प्रक्रिया अघि बढाउन आयोगलाई बुझाएको पत्रमा माग गरिएको थियो ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
सोमबार पहिलो पटक मन्त्रिपरिषद्को बैठक

सोमबार पहिलो पटक मन्त्रिपरिषद्को बैठक

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य