काठमाडौं । गरिब मुलुकहरुमा कोरोना खोपको अभाव भइरहेका बेला धनी मुलुकहरुका नागरिकहरुले खोप लगाउन मानेका छैनन् ।
अमेरिका, बेलायत लगायतका मुलुकहरुले आवश्यकता भन्दाबढी खोप राखिरहेका छन् । तर लगाउने मान्छे छैनन् ।
अमेरिकामा पहिलो डोज खोप लिएका झण्डै ५० लाख नागरिक खोप लागाउनै आएनन् । हङकङमा निःशुल्क खोप सुरु भएको तीन महिना बित्दा जम्मा १८ प्रतिशतले पहिलो डोज लगाएका छन् भने १२ प्रतिशत हाराहारीले मात्र दुवै डोज लगाएका छन् ।
कोरोना खोपप्रति नागरिकले यस्तो चरम अनिच्छा देखिएपछि अमेरिकाको ओहायो राज्यले अनौठो स्किम निकालेको छ ।
नयाँ स्किमअनुसार कोरोना खोपको पहिलो डोज लगाउनेमध्ये ५ जना भाग्यशाली मानिसले एक–एक मिलियन डलर (झण्डै १०–१० करोड नेपाली रुपैयाँ) पुरस्कार जित्नेछन् ।
सरकारको यो घोषणाले खोप अभियानमा केही सकारात्मक प्रभाव पार्न सुरु गरिसकेको छ । स्किम घोषणाको दुई दिनपछि गत सोमबार एकै दिन २५ हजार ४ सय जनाले खोप लगाए, जुन गत तीन साताको सबैभन्दा उच्च हो ।
मे १२ तारिखमा घोषणा गरिएको यो स्किमअनुसार १८ वर्षभन्दा माथिका ओहायोका नागरिकहरु जसले एक वा एकभन्दा बढी डोज खोप लगाएका छन् । साभार एनबीसी न्यूज समाचार संस्था









तपाईको प्रतिक्रिया