काठमाडौं । बागमती प्रदशेसमा सम्पन्न राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापालाई हराउँदै स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा विजयी भएका छन् ।
सत्तारुढ एमालेका उम्मेदवार थापालाई विपक्षी गठबन्धनको तर्फबाट स्वतन्त्र उम्मेदवार बनेका देवकोटाले पराजित गरेका हुन् ।
चुनाव चिह्न कलम भएका देवकोटाले ५०८८ मतभार पाए भने सूर्य चिह्नमा लडेका थापाले चार हजार १४ मतभार पाएका छन् । यता नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले १ सय ३२ मतभार प्राप्त गरेका छन् ।
देवकोटा स्थानीय तहको मतगणनादेखि नै अगाडि थिए । राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि नेकपा एमालेबाट गृहमन्त्री थापा र नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समर्थनमा नेकपा एमाले माधव नेपाल पक्षले डा.देवकोटालाई उम्मेदवार बनाएको थियो ।









तपाईको प्रतिक्रिया