TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

हदबन्दीभन्दा बढी पनि जग्गा लिन पाइने


हदबन्दीभन्दा बढी पनि जग्गा लिन पाइने
ADVERTISEMENT
facebook sharing button Share
twitter sharing button Tweet
pinterest sharing button Pin
linkedin sharing button Share
whatsapp sharing button

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले उद्योग, कृषि, जलविद्युत्, शिक्षा, स्वास्थ्य तथा घरजग्गाको व्यवसाय गर्ने प्रयोजनका लागि उद्योग, प्रतिष्ठान, कम्पनी, आयोजना वा संस्थालाई आवश्यक पर्ने जग्गा हदबन्दी छुट दिने व्यवस्था गरेको छ । त्यसका लागि सरकारले निर्णय गरी राजपत्रमा सूचना जारी गरेको छ ।


मन्त्रालयका सचिव टेकनारायण पाण्डेका अनुसार ऐनले तोकेको हदभन्दा बढी जग्गा आवश्यक पर्ने भई त्यस्तो जग्गा खरिद गर्न चाहने उद्योग, प्रतिष्ठान, कम्पनी, आयोजना, शिक्षा वा स्वास्थ्य संस्था, कृषि व्यवसायसम्बन्धी फार्म, सङ्घसंस्था र अन्य सार्वजनिक संस्थाले कानुनअनुसार निवेदन दिनुपर्ने हुन्छ । सरकारले कुनै व्यक्ति वा सङ्घसंस्था, कम्पनी वा फार्मले तराईका लागि एक बिघा घडेरीसहित ११ बिघा, पाँच रोपनी घडेरीसहित उपत्यकाका लागि ३० रोपनी, पाँच रोपनीसहित ७५ रोपनी जग्गा राख्न हदबन्दी तोकेको छ । उद्योग, कृषि, जलविद्युत्, शिक्षा, स्वास्थ्य तथा घरजग्गाको व्यवसाय गर्ने प्रयोजनका लागि थप जग्गा चाहियो भने निवेदन दिनुपर्ने सचिव पाण्डेले बताए । जेठ ३ गते नेपाल राजपत्रमा प्रकाशित भएको सूचनाअनुसार थप जग्गा माग गर्ने सङ्घसंस्था कम्पनी वा व्यक्तिले खरिद गर्न चाहेको जग्गा रहेको स्थान, अधिकतम क्षेत्रफल, जग्गाको प्रकार, मन्त्रालयको सिफारिस, उद्योग, प्रतिष्ठान वा कम्पनीको दर्ता प्रमाणपत्र, निर्णयको प्रतिलिपि, स्थानीय तहको सिफारिस, पान नम्बर, कर चुक्ताको प्रमाणपत्रलगायतका प्रमाणपत्र तथा प्रतिलिपिहरू निवेदनका साथ दिनुपर्ने हुन्छ ।

कानुनअनुसार निवेदन पेस हुन आएकामा भूमि व्यवस्थापन तथा अभिलेख विभागले खरिद गर्न खोजिएको जग्गाको स्थलगत निरीक्षण गरी जग्गाको भौतिक अवस्था र जग्गाको सम्बन्धमा कार्यालयमा रहेका स्रेस्ताको विवरण खुलाई पठाउन निवेदनसहितका विवरण तथा कागजात सम्बन्धित कार्यालयमा पठाउनुपर्ने हुन्छ । सो कार्यालयले माग गरेको जग्गाको भौतिक अवस्था, जग्गाको किसिम, स्वामित्वको अवस्था र नापी नक्साको आधारमा जग्गाको अवस्थितिसमेत यकिन गरी प्राप्त निवेदनसहित विभागमा पठाउनेछ । त्यसपछि विभागले निवेदन तथा कागजातका आधारमा जग्गा खरिदका लागि स्वीकृति दिन उपयुक्त भए वा नभएको सम्बन्धमा विभागले आफ्नो रायसहित सम्बन्धित विवरण मन्त्रालयमा पठाउनेछ । विभागको राय र निवेदनसहितका विवरण तथा कागजात प्राप्त भएपछि जाँचबुझ गर्दा जग्गा खरिदका लागि स्वीकृति दिन उपयुक्त देखिएमा मन्त्रालयले तोकिएबमोजिम जग्गा खरिद गर्न स्वीकृति दिनेछ ।

स्वीकृति प्राप्त गरेको दुई वर्षभित्र जग्गा खरिद गरिसक्नुपर्ने हुन्छ । हदभन्दा बढी जग्गा खरिद गर्न स्वीकृति पाएका उद्योग, प्रतिष्ठान, कम्पनी, आयोजना वा संस्थाले त्यस्तो हदभन्दा बढीको जग्गा धितो बन्धक राखी ऋण लिन नपाउने मन्त्रालयले जनाएको छ । सिमेन्ट कारखाना प्रयोजनका लागि काठमाडौँ उपत्यकाबाहेक सम्पूर्ण पहाडी क्षेत्रमा मझौलाका लागि तीन सय रोपनी र ठूलाका लागि पाँच सय रोपनी, भित्री मधेस र तराई क्षेत्रमा मझौलाका लागि २५ बिघा जग्गा खरिद गर्न पाउनेछन् । चिनी कारखानाका लागि तराई मधेसमा मझौला कारखानाका लागि ३० र ठूलाका लागि ५० बिघा, हिमाल र पहाडमा फलफूल खेतीका लागि सानाका लागि पाँच सय, मझौलाका लागि एक हजार र ठूलाका लागि १५ सय रोपनी, तराई मधेसमा सानाका लागि ५०, मझौलाका लागि एक सय र ठूलाका लागि डेढ सय बिघा जग्गा खरिद गर्न सकिने हदबन्दी तोकिएको छ । त्यस्तै माछापालनका लागि मझौलाका लागि हिमाल र पहाडमा एक सय र ठूलाका लागि डेढ सय रोपनी, तराई मधेसमा मझौलाका लागि ३० र ठूलाका लागि ५० बिघा जमिन मात्र खरिद गर्न पाउनेछन् । अलैँची वा कफी खेतीका लागि हिमाल र पहाडमा सानाका लागि पाँच सय, मझौलाका लागि एक हजार र ठूलाका लागि १५ सय रोपनी खरिद गर्न पाउनेछन् ।

यसरी नै चिया खेती, जडीबुटी खेती तथा प्रशोधन, पुष्प तथा तरकारी नर्सरी, लोक्ता खेती, रबर खेती, पन्छीपालन, पशुपालन, चरन तथा घाँस उत्पादन, उखु खेती, सहकारी खेती, चारतारे वा सोभन्दा माथिको होटल, जङ्गल रिसोर्ट, गल्फ कोर्स वा हात्ती वा घोडा पोलो वा अश्व आरोहण, फोहरमैला व्यवस्थापन, सूचना प्रविधि पार्क, सामुदायिक पार्क, चलचित्र सिटी, एक सय शय्याभन्दा बढीको अस्पताल, शिक्षण अस्पताल, विद्यालय वा महाविद्यालय, आवासीय क्षेत्रमा घरजग्गा व्यवसाय गर्ने अनुमति लिएका कम्पनीका लागि जग्गा खरिद गर्नुपर्ने र त्यसका लागि सरकारले हद तोकेको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
अब घरमै पिसिआर

अब घरमै पिसिआर

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य