काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले माओवादी केन्द्रको तर्फबाट मुख्यमन्त्री बनेका त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।
मुख्यमन्त्री भट्टले अब ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्नेछ।
५२ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा एमालेका मात्रै २५ सांसद छन्।









तपाईको प्रतिक्रिया