धनगढी । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले तत्काल सरकारको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । बुधबार बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।
यसअघि नेकपा एमालेको स्थायी कमिटिको बैठकले सुदूरपश्चिम प्रदेश सरकारको समर्थन फिर्ता लिने र सरकारमा सहभागी आफ्ना तीन मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।
५३ सदस्यीय प्रदेश सभामा नेकपा एमाले २५ सांसदसहित ठूलो दलका रुपमा छ । त्यसमा पनि ७ जना ओली पक्ष र १८ जना खनाल–नेपाल पक्षका सांसद छन् । बुधबारको बैठकमा २१ जना सांसदको उपस्थिति थियो ।
नेकपा माओवादी केन्द्रका नेता त्रिलोचन भट्टको नेतृत्वमा अहिले प्रदेश सरकार छ । नेकपा भएका बेला, सुदूरपश्चिम प्रदेश माओवादीको भागमा परेको थियो ।
अहिले प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री तथा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह, उद्योग वन वातावरण तथा पर्यटनमन्त्री माया भट्ट र सामाजिक विकास मन्त्रीमा कृष्णराज सुवेदी एमालेको तर्फबाट मन्त्री छन् । शाह नेकपा एमाले संसदीय दलका नेतासमेत हुन् । तीनजना मन्त्री पनि खनाल नेपाल पक्षकै हुन् ।









तपाईको प्रतिक्रिया