काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि ३७ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरेको छ ।
सरकारले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि ३७ करोड ५३ करोड रुपैयाँ विनियोजन गरेको छ ।
शनिबार आर्थिक वर्ष २०७८ ७९ को बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले कोरोना रोकथाम तथा नियन्त्रणमा ३७ अर्ब ५३ करोड रुपैयाँ विनियोजन भएको जानकारी दिएका हुन् । पौडेलका अनुसार खोप खरिदका लागि मात्र २६ अर्ब ७५ करोड रकम विनियोजन भएको छ। कोरोना महामारी रोकथाम तथा उपचारका बजेट विनियोजन भएको छ ।
सरकारले नागरिकको उपचारका लागि बजेट अभाव हुन नदिने भएको छ। सबै सरकारी अस्पतालमा निशुल्क उपचारको व्यवस्था गर्ने भएको छ। सरकारले सबै अस्पतालमा अक्सिजन प्लानका लागि बजेट विभियोजन गरेको छ ।
कोरोना संक्रमितका लागि घुम्ती सेवा निःशुल्क सञ्चालन गर्ने घोषणा सरकारले गरेको छ । उपत्यकामा तीन सय शैय्याको सरुवा अस्पताल निर्माणका लागि एक अर्ब ३० करोड रकम विनियोजन भएको छ ।









तपाईको प्रतिक्रिया