काठमाडौं । आज राती साढे ११ बजे नेपाल एयरलाइन्सको जहाज भेरोसेल खोप लिन बेइजिङ जाने भएको छ ।
चीन सरकारले अनुदानमा दिन लागेको आठ लाख डोज भेरोसेल खोप लिन एयरलाइन्सको वाइडबडी जहाज आज बेइजिङ जान लागेको नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिनुभएको छ ।
उहाँले भन्नुभयो,‘आज राती साढे ११ बजे बेइजिङ जाने र भोली साढे २ बजे ८ लाख डोज खोप लिएर जहाज नेपाल आइपुग्छ ।’ जेठ १२ गते राष्ट्रपति विद्यादेवि भण्डरीले गरेको आग्रहमा चिनियाँ राष्ट्रपति सि जिनपिङले आठ लाख खोप नेपाललाई अनुदानमा दिने घोषणा गर्नुभएको छ ।
पौडेलका अनुसार,‘तत्काल उपलब्ध गराउने ८ लाख डोज खोप र हाम्रो डिपार्टमा तयार रहेको केही सामान छ त्यो पनि ल्याउने हो ।’चीनले नेपाललाई दिने १० लाख डोज भेरोसेल खोप मध्ये दुइ लाखा डोज चीनको तिब्बत सरकारका तर्फबाट दिन लागिएको हो ।









तपाईको प्रतिक्रिया