विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोरोनाभाइरसको चिनियाँ खोप साइनोभ्याकलाई आपत्कालीन उपयोगका लागि अनुमोदन गरेको छ। डब्लुएचओले चीनले बनाएको दोस्रो खोपलाई यो अनुमति दिएको छ । यसअघि चीनले बनाएको साइनोफार्मलाई अनुमति प्राप्त भएको थियो ।
राष्ट्रसंघको कोभाक्स कार्यक्रमका लागि चाहिने खोपको आपूर्तिका लागि यसले सहयोग पुर्याउने बाटो खोलिदिएको छ। यो खोप यसअघि नै केही देशहरूमा प्रयोगमा आइसकेको छ । यो खोप १८ वर्ष माथिका लागि दिन सकिने र दोस्रो खोपको मात्रा दुई साता देखि चार साता पछि लगाउन सकिनेछ । डब्लुएचओको यो आपत्कालीन अनुमोदनको अर्थ यसले सुरक्षाका अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको अर्थ दिन्छ । डब्लुएचओका सहमहानिर्देशक मारियान्जेला सिमाओले विश्वभर खोपको आवश्यकता भइरहेको बेला यो खोपले अनुमति पाउनाले यो कमी पूरा गर्ने विश्वास व्यक्त गरेकी छिन् ।
चीनको खोप चिली, ब्राजिल, इन्डोनेसिया, मेक्सिको, थाइल्यान्ड र टर्की लगायतका देशमा यसको उपयोग भइरहेकाे छ। साइनोभ्याले मेको अन्त्यतिर चीनमा ६० करोड मात्रा आपूर्ति गरिएको जनाएको छ । ती मध्ये ४३ करोड मात्रा दिइसकिएको छ ।









तपाईको प्रतिक्रिया