TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक भोलि बस्दै, उपेन्द्र यादवले महत्त्वपूर्ण निर्णय गर्ने


जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक भोलि बस्दै, उपेन्द्र यादवले महत्त्वपूर्ण निर्णय गर्ने
ADVERTISEMENT

काठमाडौं, १ असार । जनता समाजवादी पार्टी जसपाले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। अध्यक्ष उपेन्द्र यादवले महत्त्वपूर्ण निर्णय गर्न भन्दै भोलिको लागि बैठक बोलाएका हुन्।


पार्टी अनौपचारिक विभाजन भइसकेपछि अध्यक्ष यादवले बोलाएको बैठकले महत्त्वपूर्ण निर्णय लिनसक्ने बताइएको छ।

कार्यकारिणी समिति सदस्यहरुलाई अध्यक्ष यादवले पठाएको पत्रमा भनिएको छ, ‘वर्तमान राजनीतिक परिस्थितिको सन्दर्भमा विचार विमर्श गरी महत्त्वपूर्ण निर्णयहरु गर्नुपर्ने भएकाले निम्न स्थान र समयमा कार्यकारिणी समितिको बैठक राखिएको हुँदा उक्त बैठकमा उपस्थित भई दिनुहुन लागि अनुरोध गरिन्छ।’

बैठक भोलि साढे ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्नेछ।

अध्यक्ष यादवले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्व लागेको भए पनि अर्का अध्यक्ष महन्थ ठाकुर पार्टी विभाजन गरेर सरकारमा गएका छन्।

जसपा दुवै पक्षले एकले अर्को समूहलाई कारबाही गर्दै निर्वाचन आयोगसम्म पुगेको थियो। तर, दुवै समुहको कारबाहीलाई बदर गरेर पार्टीको पुरानो पदाधिकारी नै कायम राख्ने निर्णयप्रति अध्यक्ष यादव पक्ष असन्तुष्ट बनेको छ।

आयोगको निर्णयप्रति प्रश्न उठाउँदै कानुनी उपचारको लागि सर्वोच्च अदालत जानेसम्मको तयारी गरिरहेका छन्।

तर, अध्यक्ष यादवसहित संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराई, वरिष्ठ नेता अशोक राईले आज कानुनविद्हरूसँग समेत छलफल गरेका छन्। अदालत जाने तयारीमा रहेको बेलामा कानुनविदहरूले फेरि एकपटक निर्वाचन आयोगमै जान सुझाव दिएका छन्।

संसदीय दलमा ठाकुर पक्षको बहुमत रहे पनि कार्यकारिणी समितिमा अध्यक्ष यादव समूहको बहुमत छ। सरकार गएका नेताहरूलाई बहुमतको कार्यकारिणी समितिको बैठक राखेर अध्यक्ष यादवले ७ दिनको स्पष्टीकरणसमेत सोधिसकेका छन्।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
सर्वोच्चको आदेश: अनलाइन नवीकरण गर्नुपर्ने प्रावधान खारेज

बन्दाबन्दीकै अवधिमा कर उठाउन सरकारलाई बाटो खुल्यो, अन्तरिम आदेश खारेज

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य