TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

देशभर बाढी, पहिरो र डुबानबाट क्षति, तीन जनाको मृत्यु, दुई जना बेपत्ता


देशभर बाढी, पहिरो र डुबानबाट क्षति, तीन जनाको मृत्यु, दुई जना बेपत्ता
ADVERTISEMENT

नेपालमा मनसुन सक्रिय भएको एक साता मै देशव्यापी रुपमा क्षती भएको छ ।


देशव्यापी रूपमा अविरल वर्षा हुँदा बाढी, डुबान र पहिरोले जनधनको क्षति भएको हो । देशको पस्चिमी भेगमा आईतबार देखि निरन्तर वर्षका कारण दर्जनौ स्थानमा पहिरो गएको छ भने दर्जनौ स्थानमा बाढीले वस्तिलाई जोखिम पारेको छ । बाढीले बगाएर तीन जनाको मृत्यु र दुई जना बेपत्ता भएका छन् । बाजुराको बूढीनन्दा नगरपालिकाकी वर्ष ३५ की मोतीकला लोहारलाई बड्डीगाड खोलाले सोमबार राति बगाएकोमा मङ्गलबार शव फेला परेको थियो । बाजुराकै त्रिवेणाी नगरपालिकाका १२ वर्षीय बालक कमल बुढालाई किन्नी खोलाले बगाउँदा बेपत्ता भएका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनु भयो ।

यस्तै गोरखाको स्थानीय खोला तर्न खोज्दा बर्दियाका ३८ बर्षीय गोविन्द चौधरीलाई खोलाले बगाउँदा बाढीले बगाएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । सल्यानमा खहरे खोलाले बगाएको अवस्थामा दुई जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । डीएसपी गोविन्द थापाले जानकारी दिनुभयो । दाम्ना गाउँपालिका वडा नम्बर ५ को ठूलो खोलाले बगाएको अवस्थामा ३० वर्षीय गीता खड्काको र दाम्ना–४ का ४५ वर्षीय वीरमान विकको शव खानीखोलाले बगाएको अवस्थामा फेला परेको डीएसपी गोविन्द थापाले जानकारी दिनुभयो ।

हालसम्म मनसुनजन्य प्रकोपका कारण दुई जनाको मृत्यु भएको गृहमन्त्रालयले पुष्टि गरेको छ । अविरल वर्षाका कारण लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेशको चितवनसम्मका बासिन्दा बढिजसो बाढीको चपेटामा परेका गृह मन्त्रालयस्थित राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख दिलकुमार तामाङलेबताउनु भयो । उहाँका अनुसार, मनाङको चामेमा तीन सय जना र तालगाउँका दुई सय जना गरी पाँच सय स्थानीयवासी बाढीका कारण विस्थापित हुन पुगेका छन् ।

चामेका चार घर पूर्ण रूपमा भत्केका छन् भने पाँचवटा घर डुबाएको छ । बाँकी घर सबै डुबानमा परेका छन् । चामेका विस्थापित परिवारलाई उद्धार गरेर नवनिर्मित जिल्ला कारागारमा सुरक्षित राखिएको छ । ताल गाउँका ६० मध्ये ४८ घरका दुई सय विस्थापित गाउँ छाडेर अलिक माथि डाँडामा नेपाल प्रहरीको चौकीमा बसेका छन्  । मनाङको विद्युत् गृह, पाँचवटा काठेपुल र बेलिब्रिज बाढीले बगाएको छ । यस्तो उर्लेर बाढी आएको पहिलो पटक होला, तहसनहस पारेको छ, उद्धारमा जान छ घण्टा लाग्छ, जान समेत नसकिएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताउनु भयो ।

मस्र्याङ्दी नदी, स्थानीय घट्टेखोला र स्याफ्रुखोलामा आएको बाढीले जिल्ला हुलाक कार्यालय, स्थानीय आमा समूहले बनाएको सामुदायिक भवन, जनता आवास कार्यक्रमअन्तर्गत बनेका घरमा पनि क्षति पु¥याएको छ । लमजुङका केही विद्युत् गृहमा पनि बाढीले क्षति पु–याएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले बाढीबाट एक दर्जनभन्दा बढी घर जोखिममा परेको बताउँदै सडक अवरुद्ध रहेको जानकारी दिनु भयो । सल्यान र पर्सामा बाढी पसेर धान खेत डुबाएको बताईएको छ ।

मंगलबार बेलुका परेको बर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा भीषण बाढी र पहिरो गएको छ । मेलम्ची खोलमा आएको बाढीले मेलम्चीको हेडवर्कस निर्माणमा संलग्न चिनियाँ कामदार बसेको मेलम्चीको ड्यामभन्दा करीब तीनसय मिटर तल रहेको क्याम बगाएको छ । हेलम्बुको एक ट्राउट माछा फार्मकी टिकामाया खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ।

हेलम्बुमा माछा फर्मसगै बाढीले केही मानिस बगाएको हुँन सक्ने र उनीहरु सम्पर्कमा नआएकोे सिन्धुपालचोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिनुभयो । बाढीले हेलम्बुमा पुल केही होटलहरु पनि बगाएका र यस बारेमा अझै के–के क्षति भएको छ भन्ने बारेमा स्थलगत डाटा सङ्कलन भइरहेकोले उहाँले बताउनुभयो ।

बाढी विस्थापित मेलम्ची बजारका बासिन्दा स्थानिय ईन्द्रेश्वरी माध्यामिक विद्यालय, नगरपालिकाको कार्यालय, टार तथा माथिल्लो भेगका जंगलमा गएर बसेका छन्।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
बाढी बढेपछि कोशी ब्यारेजको १२ ढोका खुला

बाढी बढेपछि कोशी ब्यारेजको १२ ढोका खुला

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य