TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

प्रदेश २ सरकार : माओवादीलाई २ वटा मन्त्रालय दिन तयार


प्रदेश २ सरकार : माओवादीलाई २ वटा मन्त्रालय दिन तयार
ADVERTISEMENT

जनकपुरधाम । नेकपा माओवादी केन्द्र प्रदेश २ सरकारमा सहभागी नभएपछि त्यहाँ विपक्षी गठबन्धनमा समस्या देखिएको प्रश्न उठेको छ ।


जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षका मुख्यमन्त्री लालबाबु राउतले महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका मन्त्रीलाई बर्खास्त गरी नेपाली कांग्रेसलाई सरकारमा सहभागी गराइसेका छन् । तर विपक्षी गठबन्धनमा नै रहेको नेकपा माओवादी केन्द्र भने पूर्वसहमति अनुसार सरकारमा सहभागी भएको छैन ।

२६ जेठमा कांग्रेस र माओवादीबाट मन्त्री नियुक्त गरी सँगै शपथ गराउने तयारी भए पनि माओवादीसँग अन्तिम समयसम्म कुरा मिल्न सकेन । कांग्रेसका ३ नेता मन्त्री बनेको दुई सातासम्म माओवादी सरकारमा जान आनाकानी गरिरहेको छ ।

सरकारी पक्षले माओवादीको आन्तरिक कारण र माओवादीले सरकारी पक्षका कारण सरकारमा सहभागी हुन नसकेको बताएका छन् ।

माओवादीको आन्तरिक तयारी नभएका कारण सरकारमा सहभागी नभएको सरकारी वार्ता टोलीका सदस्य भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह बताउँछन् ।

‘उहाँहरुलाई दिने मन्त्रालय मोटामोटी तय भइसकेको छ । हामी ल्याउन तयारै छौं’ मन्त्री साह भन्छन्, ‘उहाँहरुको आफ्नै तयारी पुगेको छैन ।’ मन्त्री साहले माओवादीलाई २ वटा मन्त्रालय दिन तयार भएको बताए । ‘हाम्रो तयारी भइसकेको छ । उहाँहरु आएपछि शपथ गराउँछौं’ उनले भने ।

माओवादीका नेताहरु भने जसपाभित्र आफैं अन्तरविरोध रहेको बताउँछन् । ‘हामी काम गर्न सक्ने मन्त्रालय मागिरहेका छौं । तर, उहाँँहरु कामै गर्न नसकिने मन्त्रालयको कुरा गरिरहनुभएको छ’ माओवादीका प्रमुख सचेतक दिलिप साह भन्छन्, ‘मन्त्रीको कुर्सीमा बसेर मात्रै भएन नि । हामी काम गरेर देखाउन चाहेका छौं ।’

स्वास्थ्य र शिक्षा सामाजिक विकास मन्त्रालयमा रहेको र त्यसलाई मुख्यमन्त्रीले फुटाउन नमानेको उनको भनाइ छ । उद्योग, पर्यटन तथा वन मन्त्रालयलाई फुटाएर वाणिन्य मन्त्रालय बनाई आफूहरुलाई दिन खोजेको भन्दै उनले यो मन्त्रालयबाट काम गर्न नसकिने बताए ।

त्यस्तो अवस्थामा आफूहरु सरकारमा नजाने पनि उनको भनाइ छ । साहले भने ‘माओवादीभित्र सरकारमा नजाने बहस पनि चलिरहेको छ । जसपाले जसरी सरकार चलाउन खोजेको छ । यस्तो अवस्थामा सरकारमा जाँदा बदनाामी मात्रै हुन्छ ।’

उनले सरकारलाई दिएको समर्थन कायमै रहने भन्दै मुख्यमन्त्रीलाई असार १५ गतेसम्म पर्खिने बताए । प्रदेश २ मा माओवादीका ८ जना सांसद छन् । यसअघि ११ सांसद भएपनि ४ जनालाई पदमुक्त गरी एकजनालाई मनोनित गरेको थियो ।

प्रदेशमा हाल कायम रहेको १ सय ४ जना सांसदमध्ये जसपाभित्रको पूर्व समाजवादीका ३० सांसद छन् । यी ३० सांसदसहित पूर्व राजपाका ५ जना सांसदले पूर्व समाजवादी पक्षका लालबाबु राउतलाई संसदीय दलको नेता मानेको भनी हस्ताक्षर गरेका छन् ।

पूर्वसमाजवादीले ३५ जना आफ्नो पक्षका, १८ जना कांग्रेसका र ८ जना माओवादीका गरी ६१ जना सांसदको समर्थनमा सरकार बचाउन चाहेको छ । सरकार बचाउनकै निम्ति ६ मन्त्रालय रहेको प्रदेशमा १० वटा मन्त्रालय बनाइएको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
उपेन्द्र यादव पक्षका ३० कार्यकारिणी सदस्य सशरीर निर्वाचन आयोग पुग्ने

उपेन्द्र यादव पक्षका ३० कार्यकारिणी सदस्य सशरीर निर्वाचन आयोग पुग्ने

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य