विश्व बैङ्कले नेपाललाई ९८२ थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको छ । विश्व बैङ्कअन्तर्गतको कोभिड–१९ आकस्मिक सम्बोधन र स्वास्थ्य प्रणाली तयारी परियोजनामार्फत १० लिटर क्षमताका कन्सन्ट्रेटर नेपाललाई उपलब्ध गराएको हो ।
कोरोना महामारीबाट जुध्दै दीर्घकालीन रूपमा नेपालको जनस्वास्थ्य सुविधाको क्षमता बढाउन कन्सन्ट्रेटर सहयोगी हुने उद्देश्यका साथ विश्व बैङ्कले कन्सन्ट्रेटर सहयोग गरेको जनाएको छ । उक्त परियोजनामार्फत नेपालका हरेक प्रदेशमा अक्सिजन प्लान्ट पनि स्थापना गर्ने तयारी भइरहेको विश्व बैङ्कले जनाएको छ । बैङ्कका अनुसार आगामी ६ देखि १५ हप्ताभित्र यस्ता प्लान्ट स्थापना भइसक्नेछन् । विश्व बैङ्कले कोरोनासँग जुध्न तत्कालका लागि नेपाललाई १० करोड ४० लाख डलर सहायता उपलब्ध गराउने घोषणा गरिसकेको छ ।
सोही सहायताअन्तर्गत खोप खरिद, स्वास्थ्य संस्थाको क्षमता विस्तार, महामारीसम्बन्धी प्रविधिमा आधारित डिजिटल प्रणालीको क्षमता विस्तार तथा अनुगमन र निरीक्षणमा सहयोग पु–याइरहेको विश्व बैङ्कले जनाएको छ ।









तपाईको प्रतिक्रिया