TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

६४ जिल्लामा फैलियो अमेरिकी फौजी किराको प्रकोप


६४ जिल्लामा फैलियो अमेरिकी फौजी किराको प्रकोप
ADVERTISEMENT

देशभरका ६४ जिल्लामा मकैबाली नष्ट गर्ने अमेरिकी फौजी किराको प्रकोप देखिएको छ ।


खेत र बारीको मकै बाली नष्ट गर्ने उक्त किराको प्रकोपबाट किसानहरु पिडित भइरहँदा नियन्त्रणकारी निकायले भने फौजी किराको आतंकविरुद्ध लड्न प्रशस्त सूचना र तथ्याङ्क अभाव भएको बताएका छन् । केही समयअघिसम्म खेतको मकैलाई क्षति पुर्‍याएको फैजी किरा अहिले देशभरको ६४ जिल्लामा फैलिएको जानकारी आएको प्लान्ट क्वरेन्टिाइन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ । किरा फैलिएको जिल्ला मोटामोटी जानकारीमा आए पनि त्यसको अवस्था र क्षतिबारे कुनै विवरण तल्ला निकायबाट प्राप्त नभएको केन्द्रका प्रवक्ता रामकृष्ण सुवेदीले बताए ।

पटक-पटक आग्रह गर्दा पनि प्रदेश र स्थानीय तहबाट जानकारी पाउन नसकिएको उनको भनाइ छ । मुलुक संघीय संरचनामा गएपछि कृषिका कार्यालयहरु प्रदेश र स्थानीय तहमा समायोजन गरिएको र उनीहरुबाट कुनै तथ्याङ्क प्राप्त नभएको केन्द्रले जनाएको छ । खेतको मकै उम्रिने बतिक्कै तथा डेढ फिट उचाइको हुँदा फौजी किराको आक्रमणमा परेको र अहिले सो प्रकोप बारीको मकैमा सल्किएको सुवेदीले बताए । केही दिनको झरीले किरालाई निस्कृय बनाएको केही जिल्लाको सूचना आएपनि किराको प्रकोप भने अझै टरिनसकेको उनको भनाइ छ । कुन जिल्लामा कति मात्रामा यस्ता किरा फैलिएका छन र यसले पुर्‍याएको क्षति कति हो भन्ने कुनै अभिलेख आजसम्म तयार गर्न नसकिएको विभागको भनाइ छ । केन्द्रले केही ठाउँको स्थलगत अनुगमन गरेको र त्यहाँ किराहरु क्षति गर्न सक्ने अवस्थामा रहेको पाइएको प्रवक्ता सुवेदी बताउँछन् ।

स्थानीय तहले प्रदेश र प्रदेशले केन्द्रलाई सूचाना पठाएपछि बल्ल महामारीविरुद्ध लड्ने एकीकृत योजना बनाउन सकिने भए पनि फैजी किराको केशमा त्यस्तो हुन नसकेको प्रवक्ता सुवेदीले बताए । मकै बाली नष्ट गर्ने अमेरिकी फौजी किराको फैलावट र क्षतिबारे कुनै विवरण प्राप्त नभएको संघिय कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पनि जनाएको छ । अघिल्लो वर्ष किराका कारण हुने क्षति अधिक रहेकामा यस पटक त्यस्तो नभएको एक अधिकारी बताउँछन् । तर, कुन-कुन जिल्लामा फैजी किराको अवस्था कस्तो छ भन्ने विवरण भने मन्त्रालयमा उपलब्ध नभएको ती अधिकारीले बताए । सन् २०१९ मा नेपालमा पहिलो पटक फेला परेको अमेरिकी फैजी किराका कारण पहिलो वर्ष कुल मकै खेतीयोग्य जमिनको ३८ प्रतिशत भूभागमा किरा भेटिएको र त्यसमध्ये पनि १६ प्रशितशत क्षेत्रफलको मकै बोटैसमेत सखाप बनाएको विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।

फौजी किराको फैलावट व्यापक छ भन्ने जान्न यसका लागि प्रयोग हुने विषादीको आयात उच्च भएकोबाट अनुमान गर्न सकिने विषादी व्यवस्थापन केन्द्रले जनाएको छ । सप्लायर्सले फैजी किरा बिरुद्ध प्रयोग हुने विषादीको माग अधि गरेको प्रवक्ता सुवेदीले बताए ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहको सरुवा

प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहको सरुवा

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य