सर्लाहीमा जंगली हात्तीकाे आक्रमणबाट एक जनाकाे मृत्यु भएकाे छ ।
हात्तीकाे आक्रमणबाट इश्वरपुर नगरपालिका –१३ का ६० वर्षीय राम आशिष महत्तोकाे मृत्यु भएकाे हाे । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार जंगली हात्तीले घरको टाटी भत्काई आक्रमण गर्दा गम्भीर घाइते भएका महताेको मोडल अस्पताल लालबन्दीमा उपचारको क्रममा मृत्यु भएको हो ।









तपाईको प्रतिक्रिया