TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

होटल तथा पर्यटन व्यवसाय सञ्चालन गर्न वीरगञ्‍जका व्यवसायीको माग


होटल तथा पर्यटन व्यवसाय सञ्चालन गर्न वीरगञ्‍जका व्यवसायीको माग
ADVERTISEMENT

वीरगञ्जका व्यवसायीले होटल तथा पर्यटन व्यवसाय सञ्चालन गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।


उनीहरुले आवश्यक स्वास्थ्य प्रोटोकल पुरा गरि होटल तथा पर्यटन व्यवसाय सञ्चालन गर्ने बातावरण बनाई दिन आग्रह गर्दै होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्त र महासचिव माधव बस्नेतले प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेलाई ज्ञापनपत्र बुझाएका हुन् । लामो बन्दले व्यवसायीहरुलाई पलायन हुनबाट जोगाउन होटल तथा पर्यटन क्षेत्र सञ्चालनमा ल्याउने वातावरण मिलाईदिन आग्रह गरेको होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष पन्तले बताए ।

‘ कोरोना महामारीले व्यवसाय ठप्प छ, ऋणको ब्याज, किस्ता तिर्न नसक्ने अवस्था छौं । भाडामा रहेका होटलहरुले त झन घर भाडा पनि तिर्नुपर्छ । व्यवसाय सञ्चालन नभएको अवस्थामा कसरी तिर्ने ?’ उनले भने ‘ व्यवसायीहरु पलायन हुने अवस्थामा छन्, त्यसैले सञ्चालन गर्ने वातावरण मिलाईदिन प्रशासनसँग आग्रह गरेका हौं ।’

कोरोना महामारीको पहिलो लहरमा ०६७ चैत ११ गतेदेखि पटक पटक लकडाउन, निषेधाज्ञामा होटल तथा पर्यटन व्यवसाय ठप्प रहे । अन्य क्षेत्र खुलीसक्दा पनि होटल तथा पार्टी प्यालेस लगायत पर्यटकीय क्षेत्रहरु भने असोज १ गतेदेखि मात्रै खुलेको थियो । त्यसपछि पनि सीमा नाका बन्द रहँदा होटल तथा पर्यटन व्यवसाय माथि उठ्न पाएन । दोस्रो लहरको कोरोना संक्रमण शुरु भएपछि वीरगञ्जमा पूनः बैशाख १६ गतेदेखि निषेधाज्ञा लगाईएको छ । होटल व्यवसायीहरु भौतिक पुर्वाधारमा भएको ऋणको व्याज, किस्ता भाडामा रहेका होटलहरुको घर भाडा समेत तिर्न नसक्ने अवस्थामा पुगेको गुनासो गरिरहेका छन् ।

पर्सामा असार ३ गतेदेखि जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले अन्य क्षेत्र क्रमशः खुल्ला गरि सक्दा पनि होटल तथा पर्यटन क्षेत्र भने अझ सम्म पनि बन्द नै राखेको छ । नेपाल सरकारले आन्तरिक तथा बाह्य पर्यटन एवं यातायात समेत सुचारु गर्ने घोषना गरि सकेको सन्दर्भमा होटल तथा पर्यटन क्षेत्र मात्र बन्द गर्नुको कुनै औचित्य नै नभएको व्यवसायीको ठहर छ । वीरगञ्जमा साना ठूला गरी ७० वटा होटल तथा पर्यटन व्यवसाय छन् । जसमा १२ सयको हाराहारीमा कर्मचारी रहेको अनुमान छ । कोरोना महामारीले व्यवसायीहरु संकटमा छन भने कर्मचारीहरुको रोजगारी गुम्ने खतरा बढ्दैगएको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
थप ४ हजार ९२८ जनामा कोरोना संक्रमण पुष्टि, ३५ जनाको मृत्यु

थप २४७६ जनामा संक्रमण पुष्टि, २७ जनाको मृत्यु

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य