मोरङको बुढीगंगा गाउँपालिका–३ टंकीचोकमा रहेको एनआइसी एशिया बैंकको एटिएम तोडफोड गर्दै गरेको अवस्थामा एक पक्राउ परेका छन् । आइतबार राति एटिएम तोडफोड गर्दै गरेको अवस्थामा दुहबी नगरपालिका–९ घर भएका २४ वर्षीय मोहम्मद इम्तियाजलाइ प्रहरीले पक्राउ गरेको हो ।
उक्त बैंकको एटिएम तोडफोड भइरहेको भन्ने खबर प्राप्त हुनासाथ सिआरभी पोष्ट बाँसबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो । एटिएम तोडफोड गर्दै गरेको अवस्थामा उनलाई एक थान ताला फोडन प्रयोग भएको हतौडा, १ थान पेचकस, १ थान छिनो र को ३९ प ४८६४ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उक्त कार्यमा संलग्न सोही ठाउँ बस्ने २५ वर्षीय मोहम्मद अनिस हुसेन फरार रहेको र उनको खोजी कार्य भइ रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।









तपाईको प्रतिक्रिया