डडेल्धुरा, १६ असार । डडेल्धुरा अस्पताललाई १५ थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको छ।
बुधबार राप्रपाको पहलमा अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गरिएको हो। अस्पतालका अध्यक्ष करुणाकर ओझा र निमित्त मेसु डा. जगदीशचन्द्र विष्टलाई ती सबै सिलिन्डर हस्तान्तरण गरेको राप्रपाका केन्द्रीय सदस्य टेकराज पनेरूले बताए।
राप्रपा कोषाध्यक्ष चन्द्रबहादुर गुरुङको पहलमा हङकङका अर्वपति सेयन होतुङ र अमरधन मेमोरियल फाउन्डेसनका संस्थापक त्रिलोक गुरुङले सहयोग गरेको १५ थान अक्सिजन सिलिण्डर अस्पताललाई सहयोग गरिएको उनले बताए ।









तपाईको प्रतिक्रिया