६ बुँदे प्रस्ताव पारित गर्दै नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ ।
एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहे अनुपस्थित रहेको बैठकले ६ बुँदे प्रस्ताव पारित गरेको हो । बालुवाटारमा बसेको बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेलले सम्बोधन गर्नुभएको थियो ।
बैठकले कोभिडबाट दिवंगत भएका सबै नेपालीप्रति श्रद्धाञ्जली, सम्पूर्ण संक्रमितहरुप्रप्रति स्वास्थलाभको कामना, बाढीपहिरोबाट ज्यान गुमाउनेप्रति श्रद्धासुमन अर्पण, घाइतेको स्वास्थ्यलाभको कामना र विस्थापितहरुको दीगो पुनर्स्थापनासँगै वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यलाभको कामना गर्दै उपचारको व्यवस्था गर्ने प्रस्ताव पारित गरेको हो ।
बैठकले पार्टीको आन्तरिक समस्या समाधानार्थ आह्वान गर्ने प्रस्ताव पनि पारित गरेको छ । यस्तै चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सयवर्षको उपलक्ष्यमा चीनले प्राप्त गरेका उपलब्धिका लागि चिनियाँ जनताप्रति हार्दिक बधाई दिने प्रस्ताव पनि वैठकले पारित गरेको हो । वैठक शनिवार पुनः बस्नेछ ।









तपाईको प्रतिक्रिया