हेटौंडा, २० असार । बागमती प्रदेशको प्रदेशसभा बैठक दिउसो ३ बजेसम्मका लागि सरेको छ। बिहान ११ बजेको लागि बोलाइएको बैठक दलीय सहमति गर्ने भन्दै दिउँसो ३ बजेसम्मको लागि सारिएको हो। प्रदेशको सभामुख सानुकुमार श्रेष्ठले दलीय सहमतिको लागि समय माग भएकोले बैठकको समय पर धकेलिएको जानकारी दिए।
प्रदेश सरकारले गुटगत रूपमा असन्तुलित बजेट ल्याएको भन्दै प्रतिपक्षी दलहरूले अवरुद्ध गरेपछि हिजोको बैठक स्थगित गरिएको थियो। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी , नेपाली कांग्रेस र विवेकशील साझा एकजुट भएर संसदमा सरकारविरुद्व खनिएका थिए।
उनीहरूले सरकारले पार्टी र गुटगत रूपमा बजेट विनियोजन गरेको, अनधिकृत रूपमा विधेयक ल्याएको र विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै बैठक अवरुद्ध गरेका थिए।









तपाईको प्रतिक्रिया