काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आजदेखि एक हप्ता अर्थात् असार ३१ सम्म थपिएको छ ।
तर आजदेखि निषेधाज्ञा थप खुकुलो समेत बनाइएको छ। आजबाट स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर सबै किसिमका परीक्षा सञ्चालन गर्न खुला गरिएको छ । यस्तै सवारीसाधानमा लगाइएको जोरबिजोर प्रणाली हटाइएको छ भने सबै किसिमका सवारी सञ्चालन गर्न दिइएको छ । आजैबाट लामो दुरीका सवारी साधन पनि सञ्चालनमा आएका छन् ।
गत आइतबार बसेको उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले थप खुकुलो बनाएर आजदेखि एक हप्ता अर्थात् असार ३१ सम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।









तपाईको प्रतिक्रिया