TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

कोभिड– १९ प्रतिकार्यका लागि अब गाउँ-गाउँमा जनस्वास्थ्य निरीक्षक खटाइने


कोरोनाको नयाँ भेरियन्ट : हावाबाट छिटो फैलिने

virus 3d illustration

ADVERTISEMENT

स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस (कोभिड–१९) प्रतिकार्यका लागि देशभर जनस्वास्थ्य निरीक्षक खटाउने भएको छ ।


कोरोना संक्रमणको दोस्रो लहर ओरालो लाग्न थालेपछि बल्ल सरकारले प्रतिकार्यका लागि जनस्वास्थ्य निरीक्षक परिचालन गर्न चासो देखाएको हो । नेपालमा हालसम्म पिसिआर परीक्षणबाट ६ लाख ४८ हजार ८५ र एन्टिजेन परीक्षणबाट ३९ हजार ९१० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको आँकडामा उल्लेख छ । कोरोना संक्रमणबाट हालसम्म देशमा ९ हजार २६३ जनाको मृत्यु भइसकेको छ ।

कोरोना संक्रमणको पहिलो लहरमा र दोस्रो लहर उत्कर्षमा पुग्दासमेत कोभिड–१९ प्रतिकार्यका लागि देशभर निरीक्षक परिचालन गर्न नसकेको स्वास्थ्य मन्त्रालयले अब भने देशभर १ हजार ७७ जना जनस्वास्थ्य निरीक्षक परिचालन गर्ने भएको हो । सरकारले कोभिड–१९ प्रतिकार्यका लागि जनस्वास्थ्य निरीक्षक परिचालन सम्बन्धी संक्षिप्त कार्यविधि, २०७८ जारी गर्दै ७ सय ५३ वटै स्थानीय तहमा परिचालनका लागि तयारी गरिरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले जानकारी दिए ।  जिल्ला-जिल्लामा म्यापिङ गर्न पत्र पठाइसकेको जानकारी दिँदै उनले पत्रको जवाफ आएपछि आवेदन खुला गरेर प्रक्रियामा जाने बताए ।

प्रतिकार्यका लागि कहाँ कति जनशक्ति ?

कार्यविधिमा उल्लेख भएअनुसार कोभिड–१९ प्रतिकार्यका लागि सरकारले देशका कुल ७५३ स्थानीय तहमध्ये काठमाडौँ महानगरपालिकामा ७ जना र अन्य महानगरपालिकामा ५/५ जना जनस्वास्थ्य निरीक्षक परिचालन हुने छन् ।  ११ वटा उप–महानगरपालिका ३/३ जनाका दरले निरीक्षक रहनेछन् भने २७६ नगरपालिकामा २/२ निरीक्षकलाई खटाइने कार्यविधिमा उल्लेख छ । यस्तै ४६० गाउँपालिकामा १/१ जना सातौँ तहका जनस्वास्थ्य अधिकृत खटाइने भएको छ । कोभिड–१९ को प्रतिकार्यका खटिने जनस्वास्थ्य निरीक्षकको तलब स्केल ३७ हजार ८७० रुपैयाँ र ५० प्रतिशत जोखिम भत्ता अर्थात् १८ हजार ९३५ रुपैयाँ गरी कुल ५६ हजार ८०५ रुपैयाँ  हुने कार्यविधिमा उल्लेख छ ।  कामको सिलसिलामा कोभिड–१९ संक्रमित भएमा त्यस्ता निरीक्षकलाई उपचारमा लाग्ने सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोर्ने छ भने स्वास्थ्यकर्मीले पाउने जीवन बीमा सुविधासमेत उनीहरुलाई उपलब्ध गराइने भएको छ ।

जनस्वास्थ्य निरीक्षकको कार्य तथा जिम्मेवारी

कोभिड–१९को प्रतिकार्यमा लाग्ने जनस्वास्थ्य निरीक्षकले स्थानीय तहमा संक्रमण रोकथामका गतिविधि सञ्चालन गर्नुपर्ने हुन्छ । स्थानीय तहमा खटिने जनस्वास्थ्य निरीक्षकले ‘केस इन्भेस्टिगेसन’ तथा ‘कन्ट्याक्ट टेसिङ’, स्क्रिनिङ, हेल्थ डेस्क, क्वारेन्टिन, आइसोलेशन, उपचार, सञ्चार गतिविधिहरु सञ्चालनमा विशेष जोड दिने डा. पौडेलले बताए ।

जनस्वास्थ्य निरीक्षकले जोखिम पहिचान भएका स्थानीय तह तथा स्वास्थ्य संस्थाबाट सूचना संकलन गरी विश्लेषण गर्ने र विश्लेषणात्मक प्रतिवेदन जिल्ला कोभिड व्यवस्थापन समितिमा पेस गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।  यस्तै, कार्य क्षेत्रमा जनस्वास्थ्यको मापदण्ड पालना भए–नभएको अनुगमन गर्ने, जनचेतनामुलक कार्यक्रम संचालन गर्ने, कोभिडसम्बन्धी परामर्श, मापदण्ड पालना नगर्नेलाई कारवाहीका लागि सिफारिस गर्ने अधिकार पनि जनस्वास्थ्य निरीक्षकमा हुन्छ ।

कार्यविधिमा जनस्वास्थ्य निरीक्षकहरुको कार्यावधि एकवर्ष हुने उल्लेख छ । यद्यपि महामारीको अवस्था हेरेर कार्यावधि थप गर्ने व्यवस्था गर्न सकिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध

नारायणगढ–मुग्लिङ सडक खण्डमा पहिरो खस्ने क्रम रोकिएन

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य