रौतहट, २४ असार । रौतहटको राजदेवी नगरपालिकामा मेयर धीरेन्द्र कुमार सिंह र उपमेयर अंशु सिंहबीच बजेट भागबण्डाको विवाद समाधान नहुँदा नगरको विकास निर्माण कार्य ठप्प भएको छ।
निर्वाचन सम्पन्न भएको ४ वर्ष बितिसक्दा समेत राजदेवी नगरपालिकाका नागरिक केही परिवर्तन अनुभव गर्न पाएको गुनासो गर्न थालेका छन्। आपसी तालमेलमा एकअर्कालाई सहयोग गरी निर्वाचन जितेको टिप्पणी हुने मेयर र उपमेयरले वार्षिक बजेटमा आआफ्नो हिस्साको विषयमा सहमति नजुटाउँदा नगरसभासमेत प्रभावित हुँदै आएको छ। जसको कारण कर्मचारीहरुले समेत आर्थिक वर्ष सुरु भएको ६र६ महिनापछि तलब पाउने गरेको एक जना प्रधानाध्यापकले बताए।
नेपाली कांग्रेसबाट निर्वाचित मेयर सिंह र बहुमत स्थानसहित उपमेयर निर्वाचित अंशु सिंहबीच सहमति नबन्दा नगरसभा प्रभावित हुने गरेको छ। तर उपमेयरकै पार्टीबाट निर्वाचित सदस्यहरुले नगरसभा समयमै गर्नुपर्छ भनेर मेयर सिंहलाई साथ दिँदै आएका छन् भने उपमेयर भने अहिले नेकपा एमालेनिकट छिन्। उपमेयरले अत्यधिक बजेट माग्ने गरेका र मेयरले त्यसमा सहमति नजनाउँदा विभिन्न नाममा उपमेयरले विरोध गर्ने गरेका स्थानीय बताउँछन्।
ुमेयर र उपमेयर एउटै गाउँका हुन्। फरक फरक पार्टीका भए पनि एकअर्कालाई भोट दिएर दुवै जना जित्नुभयो। नयाँ नयाँ नगरपालिका बनेको र करोडौँको बजेट हुने भएकोले हामीले धेरै काम हुने विश्वास लिएका थियौँ। सुरु सुरुमा दुवै जनाको बीचमा सहमति नै थियो,ु स्थानीय राजेश यादवले भने, ुतर पछि पछि उपमेयरले धेरै बजेट मागेपछि मेयरले मानेनन्। अनि उपमेयरले विभिन्न नाममा विरोध गर्ने गरेका छन्। तर भित्रभित्रै मिलेका छन् भन्छन् कतिले अब के हो कुरा बुझ्नै गाह्रो छ। तर जे भएपनि बजेट र कमिसन विवादले नगरपालिकामा एकसुको पनि विकासको काम भएको छैन।ु
स्थानीय तहका जनप्रतिनिधिहरु आफ्नो कार्यकालको अन्त्यतिर रहेको बेलासम्म विवाद कायम राखेर नगरलाई बन्धक बनाउन नहुने स्थानीयको तर्क छ।









तपाईको प्रतिक्रिया