शुक्रवार विहानदेखि नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ ।
भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा खसेको पहिरो पन्छाएसँगै सवारी आवागमन पुनः सञ्चालन भएको हो । बुधबार राति १० बजेदेखि पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध बनेको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाएसँगै रोकिएका सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन्।
सो स्थानमा वर्षा शुरु भएसँगै पटक–पटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ। एक साताभन्दा बढी समयदेखि सो ठाउँमा पटक–पटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ । प्रहरीका अनुसार त्यस ठाउँमा पानी परे लगत्तै पहिरो खस्ने समस्या छ।









तपाईको प्रतिक्रिया