TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

लगातार वर्षाको सम्भावना, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध


लगातार वर्षाको सम्भावना, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध
ADVERTISEMENT

यस वर्ष मनसुनको पूरै अवधि वर्षामय हुने अनुमान मौसमविद्ले गरेका छन् । यो वर्षको मनसुनी वर्षाले लगातार तीन महिनासम्म नै आफ्नो प्रभाव जमाउन सक्ने अनुमान गरेका हुन् । मनसुन सुरु भएको केही समयपछि मनसुनी वर्षा ब्रेक हुनुपर्ने हो तर यस वर्ष त्यो नदेखिएको मौसमविद् शान्ति कँडेलले बताउनु भयो । उहाँका अनुसार केही दिनका लागि वर्षा ठ्याम्मै रोकिएर आकाश खुल्ने गरेको विगतका मौसमी प्रवृत्तिले देखाएका छन् । तर यो वर्ष मनसुन ‘ब्रेक नभई’नै दोस्रो महिनाको उकालो चढिसकेको छ ।


विगतका वर्षमा हप्ता वा पन्ध्र दिनको आसपासमा मनसुन ब्रेक हुने गरेको थियो । यस वर्ष एक महिनासम्म पनि वर्षा रोकिएको छैन । मौसमविद्ले भनेजस्तै एकाध घण्टा घाम झुल्किए पनि मौसममा सुधार भएर चकमन्न घाम नलागेको एक महिना बढी भइसकेको छ ।
मौसमविद् मीनकुमार अर्यालका अनुसार मौसम पूरै खुल्नेभन्दा पनि शुक्रबारदेखि हल्कादेखि मध्यम वर्षाको अवस्थामा परिणत हुनेछ । हल्का सुधार त देखिन्छ तर वर्षा नै रोकिने सम्भावना कम रहेको उहाँको भनाइ छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार बिहीबार देशभर पूर्ण बदली रही धेरै स्थानमा ठूलो वर्षा भएको छ । विशेष गरी प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा भारी वर्षा भएको महाशाखाका अनुसार अझै केही दिन देशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।

बुधबार रातिदेखि बिहीबारसम्मको वर्षाले देशका ठूला, मझौला र साना नदीहरूको बहाव उच्च भएको छ । शुक्रबार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको खतरा कायमै रहेको जनाइएको छ । शनिबार पनि यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको क्रम निरन्तर रहने भएको छ । बिहीबारदेखि कोसी नदी र सहायक नदी सुनकोसी, भोटेकोसी, तामाकोसी, दूधकोसी, अरुण, तमोर नदीको जल बहाव बढ्दो छ । त्यस्तै नारायणी नदी र यसका सहायक नदीहरू त्रिशूली, बूढीगण्डकी, कालीगण्डकीलगायतका नदीहरूको बहाव उच्च बनेर सतर्कता तह पार गर्नसक्ने खतरा बढेको कारण नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ ।


तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
भारतमा एकैदिन झण्डै ८३ हजार सङ्क्रमित थपिए

भारतमा कोरोनाकाे तेस्रो लहरको जोखिम, २३ हजार करोडको प्याकेज ल्याउने घोषणा

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य