TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

कोरोनाको जोखिमकै बीच कामको खोजीमा भारत जानेको लर्को


कोरोनाको जोखिमकै बीच कामको खोजीमा भारत जानेको लर्को
ADVERTISEMENT

कोरोनाभाइरसको जोखिमलाई बेवास्ता गर्दै कामको खोजीमा भारत जाने नेपालीको संख्या बढ्न थालेको छ ।सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा खुकुलो तुल्याएसँगै कैलालीको त्रिनगर हुँदै भारततर्फ कामको खोजीमा जाने नेपालीहरुको संख्यामा वृद्धि हुन थालेको हो ।कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै ठुलो संख्यामा नेपालीहरु भारतका विभिन्न सहरबाट फर्किएका थिए । संक्रमणको रफ्तार केही कम भएसँगै निषेधाज्ञा खुकुलो भएपछि उनीहरु फेरि कामको खोजीमा भारत जान थालेका हुन् ।कैलालीको त्रिनगर भन्सार नाकाबाट दैनिक सरदर तीन हजारको संख्यामा नेपालीहरु भारततर्फ जाने गरेको नाकाका हेल्थ डेस्क इन्चार्ज दिनेश ठकुल्लाले रातोपाटीलाई बताए ।


हाल यो नाका हुँदै नेपाल भित्रिनेभन्दा भारत जानेको संख्या अत्यधिक रहेको उनको भनाइ छ । उनका अनुसार बिहीबार यो नाकाबाट ४४९ जना नेपाली भित्रिएका छन् भने २ हजार ३९६ जना भारततर्फ प्रस्थान गरेका छन् ।

चैत १ गते यता त्रिनगर भन्सार नाकाबाट ५२ हजार १२५ जना नेपाली नागरिक कामको सिलसिलामा भारततर्फ गएको उनले बताए । यो अवधिमा केही साता निषेधाज्ञाका कारण भन्सार नाका सुनसानजस्तै थियो । त्यतिबेला भारत जानेको संख्या लगभग शून्य रहे पनि पछिल्लो समय दैनिक दुई÷तीन हजारजनाका दरले नेपालीहरु भारततर्फ जाने गरेका छन् ।


कोरोना संक्रमणको दोस्रो लहर सुरु भए यता नाकामा हेल्थ डेस्क सञ्चालनमा ल्याइ नेपाल भित्रिनेहरुको ज्वरो मापन तथा शंकास्पदको एन्टिजेन परीक्षणसमेत गर्न थालिएको छ । संक्रमणको दोस्रो लहर सुरु भएपछि यो नाकामा २६ हजार ८४२ को एन्टिजेन परीक्षण गरेकोमा २ हजार ५८४ जनामा कोरोना ‘पोजेटिभ’ पाइएको ठकुल्लाले बताए ।पछिल्ला दिनमा भारतबाट नेपाल आउनेको संख्या निकै कम रहेको उनले बताए । ‘अहिले त भारतबाट आउनेको संख्या कम छ,’ उनले भने, ‘बरु नेपालबाटै भारत जानेको संख्या बढ्दो छ ।’

हेल्थ डेस्कमा २१ जना खटिएको र उनीहरुले तीन सिफ्टमा काम गर्ने गरेको उनको भनाइ छ ।

बिहान ६ बजेदेखि राति ९ बजेसम्म सिफ्ट मिलाएर काम गर्दै आएको हेल्थ डेस्कका अहेव लोकेन्द्र शाहीले जानकारी दिए । शाहीका अनुसार भारतबाट आउने नेपालीको एन्टिजेन परीक्षण गर्दा एक÷दुई प्रतिशतमा मात्र कोरोना पोजेटिभ देखिने गरेको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
बाँकेमा उपचाररत थप ५ जना संक्रमितको मृत्यु

कोरोनाबाट श्रीमान्–श्रीमतीको एकै दिन मृत्यु

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य