विश्वभर काेराेना संक्रमणकाे दर घटिरहेका छ भने निकाे हुनेकाे संख्या बढिरहेकाे छ । विश्व स्वास्थ्य संगठनद्वारा हरेक दिन जारी गर्ने काेराेना अपडेटका अनुसार संक्रमण दर घट्दाे दरमा देखाएकाे हाे ।
त्यस्तै, निकाे हुनेकाे संख्या पनि बढिरहेकाे पाइएकाे छ । नेपालमा पनि केही दिन यतादेखि काेराेना संक्रमितकाे संख्यामा कमी देखिएकाे छ ।
विश्व स्वास्थ्य संगठनले जारी गरेकाे गत २४ घण्टाकाे अपडेट अनुसार कोरोना भाइरस संक्रमणबाट एकैदिन ६ हजार २८८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट ६ हजार २८८ को मृत्यु भएको हो । त्यस्तै, विगत २४ घण्टामा विश्वभर ३ लाख ६८ हजार ५७७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे विश्व स्वास्थ्य संगठनले जानकारी दिएकाे छ । केही दिनदेखि विश्वभर काेराेना संक्रमण क्रमिक रूपमा घटिरहेकाे विश्व स्वास्थ्य संगठनकाे अपडेटले देखाइरहेकाे छ । त्यस्तै, संक्रमणबाट मृत्यु हुनेकाे संख्या पनि घटिरहेकाे छ । विश्व स्वास्थ्य संगठनकाे तथ्यांक अनुसार हालसम्म १८ कराेड ७६ लाख १५ हजार ६७० जनामा कोरोना संक्रमण भएको छ। त्यस्तै, १७ करोड १५ लाख ७७ हजार ६७० जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।
विश्व स्वास्थ्य संगठनले साेमवार बिहानसम्म दिएको तत्थ्यांक अनुसार मृत्यु हुनेकाे संख्या ४० लाख ४८ हजार ८६३ सय जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट ९ हजार ३८२ जनाकाे ज्यान गएको छ । २६ हजार १७३ सक्रिय संक्रमित रहेका छन् भने ६ लाख ५५ हजार ४४९ जनामा संक्रमण भइसकेको छ । त्यस्तै, ६ लाख १९ हजार ८९४ जना संक्रमित निको भइसकेका छन् ।









तपाईको प्रतिक्रिया