TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

भन्सार कार्यालयले २० करोड ९३ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन


भन्सार कार्यालयले २० करोड ९३ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन
ADVERTISEMENT

सिरहा, ५ साउन । सिरहाको माडरमा रहेको सिरहा भन्सार कार्यालयले २० करोड ९३ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।


आर्थिक वर्ष २०७७/०७८ मा दिइएको लक्ष्यभन्दा १ करोड ६२ लाख ९८ हजार रुपैयाँ बढी राजस्व संकलन गरेको हो। १९ करोड ३० लाख ९५ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेको सिरहा भन्सार कार्यालयले आर्थिक वर्ष २०७७/०७८ को अन्तिम दिनसम्म २० करोड ९३ लाख ९३ हजार रुपैयाँ संकलन गरेको छ।

माघदेखि असार महिनासम्ममा लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकेपनि लक्ष्यभन्दा ८ प्रतिशत बढी राजस्व संकलन भएको सिरहा भन्सार कार्यालय, माडर सिरहाका प्रमुख जगदीशकुमार पुर्वेले जानकारी दिए।

क्वारेन्टाइन र विषादी परीक्षण गर्ने ल्याब सिरहामा नभएको र लकडाउनका कारण समस्या परेपनि समग्रमा लक्ष्यभन्दा बढी नै राजस्व संकलन गरिएको बताए।

सिरहा भन्सार कार्यालयले कपडा, मोटरपार्ट्स, टायल्स, मार्बल, ग्रेनाइट र ताजा तरकारीबाट राजस्व संकलन गरेको भन्दै कार्यालय प्रमुख पुर्वेले फाटफुट रूपमा दैनिक उपभोग्य, लत्ताकपडा र स्पेयर पार्ट्सबाट पनि राजस्व संकलन भएको बताए।

सिरहा भन्सार कार्यालयका अनुसार साउनमा २ करोड ६८ लाख ९० हजार, भदौमा २ करोड १९ लाख ३८ हजार, असोजमा ३ करोड २७ लाख ६० हजार, कात्तिकमा २ करोड १० लाख २२ हजार, मंसिरमा २ करोड ९८ लाख ८४ हजार, पुसमा २ करोड ४ लाख ९ हजार, माघमा १ करोड ३३ लाख २ हजार, फागुनमा ९४ लाख ८८ हजार, चैतमा १ करोड ३६ लाख ७१ हजार, वैशाखमा १ करोड ७६ लाख, जेठमा ३५ लाख ६४ हजार र असारमा ५७ लाख ५ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ।

आर्थिक वर्ष २०७५/०७६ मा सिरहा भन्सार कार्यालयले लक्ष्य भन्दा ५ करोड ४९ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको थियो। १० करोड ७८ लाख २४ हजार लक्ष्य रहेकोमा १५ करोड ४९ लाख ९० हजार रुपैयाँ राजस्व संकलन गरेको थियो।

त्यस्तै २०७६/०७७ मा सिरहा भन्सार कार्यालयले लक्ष्यभन्दा करिब २ करोड ५६ लाखभन्दा कम राजस्व संकलन गरेको थियो। २० करोड ३० लाख ८ हजार लक्ष्य रहेकोमा १७ करोड ७३ लाख ४० हजार मात्र राजस्व संकलन भएको पुर्वेले बताए।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
सप्तरीको चन्द्रनहर भत्किदा झण्डै पाच सय भन्दा बढि घर डुबानमा

सप्तरीको चन्द्रनहर भत्किदा झण्डै पाच सय भन्दा बढि घर डुबानमा

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य