TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

भारतमा कोरोनाबाट मृत्यु हुनेको वास्तविक संख्या ४० लाख


भारतमा एकैदिन झण्डै ८३ हजार सङ्क्रमित थपिए
ADVERTISEMENT

कोरोना भाइरस महामारीबाट सबैभन्दा धेरै प्रभावित मुलुकहरुमध्येको एक भारतमा महामारीका कारणले मृत्यु हुनेको वास्तविक संख्या ४० लाख नाघिसकेको एक अध्ययनले देखाएको छ ।


भारतको आधिकारिक तथ्यांक अनुसार हालसम्म त्यहाँ कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ४ लाख १४ हजार भएतापनि मृत्युको वास्तविक अधिकतम संख्या अर्थात एक्सेस डेथ त्यसको १० गुणा बढि रहेको अध्ययनको निष्कर्ष छ । यो सँगै चालू कोरोना महामारी स्वतन्त्रता र विभाजन पछिको भारतीय आधुनिक इतिहासकै सबैभन्दा ठूलो मानवीय क्षतिको दुखान्त घटना बनेको छ । मंगलबार सार्वजनिक भएको रिपोर्ट अनुसार रेकर्ड गरिएको र अपेक्षा गरिएको मृत्युबीचको अन्तरको रुपमा गणना गरिने एक्सेस डेथको संख्या भारतमा ३४ लाख देखि ४७ लाख सम्म पुगेको छ ।

अमेरिकाको वाशिंटन तथा हार्वार्ड विश्वविद्यालयमा रहेको थिंकट्यांक संस्था सेन्टर फर ग्लोबल डेभलपमेन्टले तयार पारेको उक्त अध्ययन प्रतिवेदन अनुसारउल्लेखित मृत्यु कोभिड १९ भाइरस संक्रमणको प्रत्यक्ष कारणले मात्र नभएर महामारीको समग्र असरका कारणले भएको कूल मृत्यु हो । यो संख्या महामारी सुरु भएपछि गत जुन २१ सम्मको हो ।

अध्ययनका क्रममा शोधकर्ताहरुले भारतको कूल जनसंख्याकेा आधा हिस्सा रहेका विभिन्न ७ वटा राज्यको वाषिर्क मृत्युदरलाई आधार मानेका थिए । साथै उनीहरुले उमेरगत संक्रमणजन्य मृत्युको अन्तराष्ट्रिय दर, भाइरसबाट मृत्यु भएका मानिसहरुको संख्याका साथै देशव्यापी एन्टीबडी परीक्षण अर्थात् सेरो सर्भेका तथ्यांकहरु र भारतको उपभोक्ता सर्भेक्षणको तथ्यांक समेत विश्लेषण गरेका थिए ।

साथै उनीहरुले भारतमा कूल संक्रमितको संख्याको आधारमा कोभिड १९ को संक्रमण पछि हुने

मृत्युको सम्भावना सम्बन्धमा अन्तराष्ट्रिय अध्ययनको विधिबाट विश्लेषण गरे । यी सबै विश्लेषणको आधारमा शोधकर्ताहरुले भारतमा हालसम्म महामारीको प्रत्यक्ष तथा अप्रत्यक्ष कारणले ३४ लाख देखि ४७ लाख जनासम्मको मृत्यु भएको आँकलन गरेका हुन् ।

स्मरण रहोस् विश्वका ठूला अर्थतन्त्र भएका मुलुकहरुमध्ये सरकारद्धारा महामारीको अधिकतम अपेक्षित मृत्युको आधिकारिक प्रक्षेपण नभएको मुलुकहरुमध्ये भारत पनि एक हो । सेन्टर फर ग्लोबल डेभलपमेन्टले अनुमान गरेको भारतमा महामारीका कारण भएको मृत्युको यो संख्या अन्य महामारीविज्ञहरुले गरेको आँकलन भन्दा अधिक हो । कतिपय महामारी विज्ञहरुले भारतमा कोरोना भाइरस महामारीका कारण मृत्यु हुनेको कूल संख्या हालको आधिकारिक तथ्यांक भन्दा ५ देखि ७ गुणासम्म मात्र धेरै हुनसकने दाबी गरेका छन् । भारत सरकारको पूर्व मूख्य आर्थिक सल्लाहाकार समेत रहेका शोधकर्तामध्येका एक डाक्टर अर्विन्द सुब्रमनियनले आफुहरुको अध्ययनले भारतमा कोरोना महामारीका बेला ४० लाख मानिसको मृत्यु भएको देखाएको बताए ।

शोधकर्ताहरुका अनुसार भारतमा कोरोना भाइरस महामारीको पहिलो लहर खासै घातक नभएको ठानिएको भएपनि वास्तविकता फरक रहेको पाइएको छ । पहिलो लहरको बेला नै भारतमा २० लाख मानिसहरुको मृत्यु भएको अध्ययनले देखाएको छ । त्यसैले पहिलो लहरमा रिपोर्ट नगरिएका महामारीजन्य मृत्युहरु हाल आएर दर्ता गरिएका कारण भारतका विभिन्न राज्यहरुले आफ्नो कोभिड १९ मृत्यु संख्या बढाएर प्रस्तुत गर्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
राष्ट्रियसभा चुनावमा भोट हाल्नेले अनिवार्य ७२ घण्टाभित्रको कोरोना रिपोर्ट देखाउनुपर्ने

जसपा विवादबारे आज निर्वाचन आयोगमा बहस

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य