TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

केपी ओलीकै लापरवाहीका कारण कमला नदीको तटबन्ध भत्कियो : मातृका यादव


केपी ओलीकै लापरवाहीका कारण कमला नदीको तटबन्ध भत्कियो : मातृका यादव
ADVERTISEMENT

नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य मातृकाप्रसाद यादवले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको लापरवाहीका कारण कमला नदीको तटबन्ध भत्किने अवस्थामा पुगेको आरोप लगाएका छन् ।


कमला नदीले कटान गर्न थालेपछि स्थलगत निरीक्षणका लागि आएका यादवले बाँध निर्माण कार्यको अगुवाई गर्दै विगतमा सरकारले ध्यान नदिएका कारण यो अवस्था आएको आरोप लगाए । उनले स्थानीयवासी समक्ष कुरा गर्दै ओली सरकारमा आफू मन्त्री रहेका बखत कमला नदीको तटबन्ध गर्न आफूले पटक पटक ओलीलाई आग्रह गरे पनि बेवास्ता गरिएको आरोप लगाए । यादवले अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसाललाई कमला नदीको कटान र बढ्दो जोखिमबारे जानकारी गराएर बजेटको व्यवस्था गर्न आग्रह गरिसकेका छन् ।

धनुषा–सिरहाको सीमाना पर्ने कमला नदीको बाढीले धनुषातर्फको बाँध कटान गर्न थालेपछि धनुषाका पूर्वी क्षेत्रका गाउँहरू जोखिममा परेका छन् । कटान बढ्दै गएपछि पूर्वमन्त्री यादव स्वयम् स्थलगत निरीक्षणमा पुगेका हुन् । उनको अग्रसरतामा हाल बाँध निर्माण कार्य भइरहेको छ । पूर्वमन्त्री यादवले धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला र कमला नदी नियन्त्रण आयोजना कार्यालयका प्रमुख एकराज भट्टराईलाई प्रभावित क्षेत्रको निरीक्षण गरी कटान नियन्त्रणका लागि काम गर्न निर्देशन दिएका थिए । सोही अनुसार कमला नदीमा तटबन्ध निर्माणको काम थालिएको छ । बाँध निर्माण कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयवासी समेत सहभागी भएका छन् ।

गत सोमबार राति कमला नदीमा आएको बाढीले सबैला नगरपालिका–१३ स्थित किरतपुरमा नदीको पश्चिमतर्फको बाँध कटान भएपछि समस्या उत्पन्न भएको हो । बाढीका कारण नदीको ६ सय मिटर बाँधसमेत जोखिममा परेको छ । बाढीका कारण हुनसक्ने सम्भावित जोखिमबाट स्थानीयहरुलाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । केही दिन यता नदी नियन्त्रणको प्रयासस्वरुप बाँध बाँध्ने कार्य भईरहेको कमला नदी नियन्त्रण आयोजना कार्यालयका प्रमुख एकराज भट्टराईले जनाए ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
थप ४ हजार ९२८ जनामा कोरोना संक्रमण पुष्टि, ३५ जनाको मृत्यु

थप २,७१४ जनामा कोरोना संक्रमण पुष्टि, २४ जनाको मृत्यु

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य