मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश नं १, बागमती, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी बर्षाको सम्भावना रहेको जनाएको छ ।भारी वर्षाका कारण पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहाव जोखिम रहेको हुनाले नदि नाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन समेत महाशाखाले आग्रह गरेको छ ।
महाशाखाले आज मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जनाएको छ । यसैगरी, शुक्रबार दिउँसोको मौसम पूर्वानुमानका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। भने, प्रदेश १, लुम्बिनी तथा बागमती प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यसैगरी, राति देशभर सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। भने राति सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको हुन सक्ने पूर्वानुमानमा उल्लेख छ ।









तपाईको प्रतिक्रिया