बागलुङमा वेवारिसे अवस्थामा २२ नाल भरुवा बन्दुक फेला पारेका छन् ।
आइतबार दिउँसो प्रहरी चौकी बुङगादोभान बागलुङबाट खटिएको प्रहरीको गस्ती टोलीले २२ नाल भरुवा बन्दुक फेला पारेको हो । प्रहरीले बागलुङको तमानखोला गाउँपालिका–४ लाममेलास्थित घट्टेखोला नजिकै रहेको ओडारमा एक नाले भरुवा बन्दुक १२ नाल र तमानखोला–३ मार्के खोलाको ओडारमा एक नाले १० नाल बन्दुकहरु फेला परेको छ । प्रहरीले भरुवा बन्दुक सहित स्थानीयलाई पक्राउ गर्दै आएपछि स्थानीयले डराएर ओडारमा लुकाइ राखेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो ।
ओडारमा भरुवा बन्दुक लुकाइ छिपाइ राख्नेहरुका बारेमा थप अनुसन्धान थालिएको हवारीको भनाई छ ।









तपाईको प्रतिक्रिया