काठमाडौँ : उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा आजदेखि निषेधाज्ञामा थप कडाइ हुने भएको छ। कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञामा कडाइ गरिन लागेको हो ।
भदौ ८ गतेसम्म थप गरिएको निषेधाज्ञामा पुरानै आदेशहरुलाई निरन्तरता दिइए पनि सवारीसाधन सञ्चालनमा नयाँ नियम थपिएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले काठमाडौँ उपत्यकामा साँझ ८ बजे भित्र निजी र सार्वजनिक सवारीसाधन गन्तव्यमा पुगिसक्नुपर्ने निर्णय गरेको थियो । उक्त नियम आजबाट लागु हुँदैछ । निषेधाज्ञाको अरु मोडालिटी पहिलेकोलाई नै निरन्तरता दिइएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले बताए ।
पछिल्लो समय काठमाडौँ उपत्याकामा कोरोना संक्रमण तिब्र रुपमा बढ्न थालेपछि सरकारले सबै नागरिकलाई सावधान रहन आग्रह गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघि भिडियो सन्देश जारी गर्दै अत्यावस्यक काम वाहेक घरबाहिर ननिस्कन आग्रह गरेका छन् ।









तपाईको प्रतिक्रिया