पछिल्लो २४ घण्टामा विश्वभरमा चार लाख ८५ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । वर्ल्डडुमिटरका अनुसार पछिल्लो २४ घण्टामा चार लाख ८५ हजार चार साय ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
योसँगै विश्वभर कोरोना संक्रमित हुनेको संख्या २० करोड ८५ लाख ६६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा ७२ हजार पाँच सय भन्दा बढीमा कोरोना पुष्टि भएको छ भने दुई सय ६३ संक्रमितको मृत्यु भएको छ ।
भारतमा पछिल्लो २४ घण्टामा २४ हजार सात सयमा कोरोना देखिएको छ भने चार सय ३८ को मृत्यु भएको छ । त्यसैगरी सोहि अवधिमा रुसमा २० हजार सात सयमा कोरोना पुष्टि भएको छ भने आठ सय बढीको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा विश्वभरमा सात हजार चार सय ८५ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने पाँच लाख ३५ हजार बढी संक्रमित निको भएका छन् । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४३ लाख ८२ हजारभन्दा बढी पुगेको छ । त्यसैगरी हालसम्म १८ करोड ७० लाख २९ हजार भन्दा बढी कोरोनाका बिरामी निको भइसकेका छन् ।









तपाईको प्रतिक्रिया