केही दिनदेखि विश्वभर कोरोना संक्रमणको दर बढिरहेको छ । विश्व स्वास्थ्य संगठनद्वारा हरेक दिन जारी गर्ने कोरोना अपडेटका अनुसार संक्रमण दर र मृत्यु दरसमेत बढेको देखाएको हो । त्यस्तै, निको हुनेको संख्या भने केही कमी देखिएकाे छ । नेपालमा पनि केही दिन यतादेखि कोरोना संक्रमितको संख्यामा बढिरहेको छ भने निकाे हुनेकाे संख्यामा कमी देखिएकाे छ ।
विश्व स्वास्थ्य संगठनले जारी गरेको गत २४ घण्टाको अपडेट अनुसार कोरोना भाइरस संक्रमणबाट एकैदिन ९ हजार ७१६ जनाको मृत्यु भएको छ । त्यस्तै, विगत २४ घण्टामा विश्वभर ६ लाख ३३ हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म २० करोड ९३ लाख २३ हजार ५५८ जनामा कोरोना संक्रमण भएको छ। त्यस्तै, १८ करोड ७६ लाख ८ हजार २४८ सय जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।
विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको पछिल्लो तत्थ्यांक अनुसार ४३ लाख ९३ हजार २८५ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ। नेपालमा हालसम्म कोरोना संक्रमणबाट १० हजार ३५४ जनाको ज्यान गएको छ । ३९ हजार ८७१ सक्रिय संक्रमित रहेका छन् भने ७ लाख ३७ हजार २९४ जनामा संक्रमण भइसकेको छ । त्यस्तै, ६ लाख ८७ हजार ६९ जना संक्रमित निको भइसकेकाे पछिल्लाे अपडेटमा जनाइएकाे छ ।









तपाईको प्रतिक्रिया