हुलाकी राजमार्ग (हुलाकी सडक) लाई खाली गर्न आम सर्वसाधारणलाई ७ दिने सुचना प्रकाशित गरिएको छ ।
जनकपुरधामदेखि कमला नदीसम्मको हुलाकी सडक सहित अन्य जिल्लामा रहेको हुलाकी सडकमा थुपारिएको सरसमान, निर्माण वस्तु, गाई भैँसी, बाख्रालाई खाली गर्न सात दिने सूचना निकालिएको हो । हुलाकी सडकमा जथाभावी गाई भैँसी बाँधेको, निर्माण समाग्रीहरु राखिएको कारण सवारी दुर्घटना बढेको भन्दै सडक पुरै खाली गर्न सुचना जारी गरिएको हो । हुलाकी राजमार्ग आयोजना जनकपुरले गत भदौ ३ गते जारी गरेको सूचनामा बीरेन्द्रबजार, यदुकूहा, महिनाथपुर सडकखण्डमा राखिएको अन्य समाग्रीहरु हटाउन सूचना प्रकाशित गरिएको हो । सो सडकखण्डको विभिन्न ठाउँमा व्यक्तिगत रुपमा निर्माण समाग्री राखिएको, गोबर, मल सहित अन्य वस्तुहरु राखेको भन्दै यथाशिघ्र खाली गर्न भनिएको हो । यस्तै, जनकपुर, जलेश्वर, भिठ्ठामोड सडक अन्तर्गत समेत हुलाकी सडक खाली गर्न सूचना टाँस गरिएको हो । सडकमा थुपारिएको बालुवा, गिट्टी सहित रोकी राखिएको सवारी साधनहरु समेत नलगाउन आग्रह गर्दै यथाशिघ्र खाली गर्न भनिएको हो । सोही क्रममा जनकपुर, वलबा, भ्रमरपुरा सडकखण्ड समेत पूर्ण रुपमा खाली गर्न सूचना टाँस गरिएको छ । यसका साथै, जनकपुरको कदमचोक, कपिलेश्वर हुँदै कमला नदीसम्मको सडकलाई पूर्ण खाली गर्न सूचना गरिएको हो ।
भदौ १० गतेभित्रमा सडकहरु पूर्ण रुपमा खाली गर्न सूचना गर्दै सो नगरेको खण्डमा सुरक्षा बल लगाएर खाली गर्न लगाउने चेतावनी समेत दिएको छ ।

news/image:enewsbureau.com









तपाईको प्रतिक्रिया