TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

जानकी मन्दिरबाट मुख्यमन्त्री राउतको पोष्टर च्यातियो, टिकटक भिडियो निषेध


जानकी मन्दिरबाट मुख्यमन्त्री राउतको पोष्टर च्यातियो, टिकटक भिडियो निषेध
ADVERTISEMENT

विश्वप्रसिद्ध जनकपुरधामको जानकी मन्दिर परिसरभित्र लगाइएको पोष्टर पम्पलेटहरु जनकपुरियन युवाहरुले आज सफाई गरेको छ ।


सो क्रममा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीको पोष्टर च्यातेका छन् । जानकी मन्दिर जस्तो क्षेत्रमा मुख्यमन्त्रीको फोटो सहितको पोष्टरहरु लगायत अन्य पोष्टर, फलैक्स, बैनरहरु हटाइएको छ । जनकपुरका युवाहरुको एक समूहले जानकी मन्दिर परिसर भित्र लगाइएको बोर्ड, फलैक्स, बैनर, पर्चा, पम्पलेटहरु च्यातेर फालेका हुन् । सो क्रममा सबभन्दा पहिले मुख्यमन्त्री गद्दीको तस्विर भएको भिजिटि नेपालको पोष्टर च्यातेको हो । नेपाल सरकारले भिजिट नेपाल २०२० को अवधारणा सहितको फलैक्स बनाएकोमा कोरोना महामारीले गर्दा बन्द भएपछि पनि पोष्टर टाँसिएकै थियो । जानकी मन्दिर परिसरभित्र विभिन्न कम्पनी,होटलहरुको समेत फलैक्सहरु हटाएको हो । सो क्रममा सिमेन्ट कम्पनी, भोजनालय, होटलको फलैक्स विज्ञापन सहित अन्य पोष्टर पम्पलेटहरु हटाएको हो । अभियानी एवम् युवा अगुवा सरोज मिश्रको अगुवाईमा गएको युवाहरुको टोलीले मुख्यमन्त्री गद्दीको तस्विर भएको पोष्टर च्यात्दै आइन्दा मन्दिर परिसरभित्र यस्ता प्रकारको पोष्टर नलगाउन चेतावनी समेत दिएको हो । जानकी मन्दिरका महन्थ राम तपेश्वर दाससँग उनीहरुले मन्दिर परिसरभित्र १५ दिने माध्यमिकी परिक्रमाको जानकारी, मन्दिरको जानकारी, जनकपुरको अन्य धार्मिक स्थलहरुको जानकारी सहितको पोष्टर मात्र व्यवस्थित तरिकाले लगाउन भनेका छन् । यसका साथै, सोही परिसरभित्र अबदेखि टिकटक भिडियोहरु बनाउन निषेध गरिएको बताइएको छ । उनीहरुले एक सूचना टाँस गरी फिल्मी गीतहरुमा, अश्लिल गीतहरुमा, अश्लिल खाले अभिनयमा कुनै पनि टिकटक वा भिडियो सुटिँग गर्न नहुने बताएको छ ।

जानकी मन्दिर र मडवा क्षेत्रमा भिडियो सुटिँगको लागि मन्दिर व्यवस्थापन समिति, प्रशासनसँग अनुमति लिएर मात्र सुटिँग गर्नुपर्ने अवधारणा, मन्दिरको गोफा भित्र (मूल मन्दिर) मा क्यामेरा, मोबाईल प्रतिबन्ध गर्ने पनि जनाएको छ । युवा नेता मिश्रले पशुपतिनाथ विकास क्षेत्र जस्तै जानकी मन्दिर परिसर र क्षेत्रलाई अनुसाशित बनाउन सरोकारबालाहरुसँग सम्पर्कमा रहेको बताए । उनले जनकपुरमा मन्दिर जस्तो क्षेत्रमा समेत छाडापन र आफूखुसी गर्न थालेपछि यस्तो कदम चाल्न बाध्य भएको बताए । जानकी मन्दिरमा अश्लिल खाले टिकटक बनाउन नदिने भन्दै रामायण, धार्मिक गीतहरुमा बनाउन भने दिने बताए । उनले कहि कतै फिल्मी गीतहरुमा टिकटक बनाएर हालेको पाइए उनको आईडीबाट प्रशासनमा मुद्दा हालेर कारवाहीको दायरामा ल्याउने चेतावनी दिए । जानकी मन्दिर जस्तो क्षेत्रमा केही युवायुवतिहरुले योजनाबद्ध तरिकाले धार्मिक क्षेत्र उपर प्रहार गर्ने गरेको देखिएको छ । प्रशासनको सूचनाको बाबजुद पनि जानकी मन्दिरको अस्तित्वमाथि प्रहार गर्ने गरी टिकटक भिडियो बनाएको पनि देखिएको छ । तर, अब यीनीरुले निगरानी गर्ने भएको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
थप ४ हजार ९२८ जनामा कोरोना संक्रमण पुष्टि, ३५ जनाको मृत्यु

थप १ हजार ८५७ जनामा कोरोना संक्रमण पुष्टि, २७ जनाको मृत्यु

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य