प्रदेश २ मा मुख्यमन्त्री लालबाबु यादवले मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् ।
उनले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री रहेका शैलेन्द्र साहलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ । साहले आफूलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको बताए । यसअघि अर्थ मन्त्रालयको जिम्मेवारी विजय यादवले सम्हालेका थिए । मुख्यमन्त्री कार्यालय अनुसार यादवलाई भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । यादव जसपाका प्रदेश अध्यक्ष पनि हुन् ।









तपाईको प्रतिक्रिया