TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

तराई मधेशका जिल्लामा कृष्णाजन्माष्टमीको धुमधाम


तराई मधेशका जिल्लामा कृष्णाजन्माष्टमीको धुमधाम
ADVERTISEMENT

जनकपुरधाम । तराई मधेशका जिल्लामा कृष्णाजन्माष्टमीको धुमधाम छ । प्रदेश २ का अस्थायी राजधानी जनकपुरधामसहित धनुषा, महोत्तरी, सिरहा, सर्लाही, सप्तरी, रौतहट लगायतको जिल्लामा भगवान श्रीकृष्णको प्रतिमा निर्माण गरेर भव्य मेलाको आयोजना गरिदै छ । लगातार दोश्रो वर्ष कोरोनाले गर्दा जनकपुरधामस्थित रेल्वे स्टेशनमा कृष्णाजन्माष्टमी मेला औपचारिकतामा सीमित भएको छ । स्टेशन एरिया युवा क्लवको आयोजनामा प्रत्येक वर्ष श्रीकृष्णाजन्माष्टमी मनाउँदै आएको हो । यस वर्ष पनि कोरोनाले गर्दा भव्यता प्रदान गर्न नसकिएको आयोजकले जनाएको छ । यता, जनकपुरस्थित कृष्ण मन्दिरमा भव्य रुपमा कृष्णाजन्माष्टमी मनाउँदै छ । कृष्णाजन्माष्टमीको अवसरमा सोमबार बिहान कृष्ण मन्दिरमा सरसफाई कार्यक्रम गरिएको थियो । दशकौंदेखि आयोजना हुँदै आएको महोत्तरीको सुगाको कृष्णाजन्माष्टमी महोत्सव यस वर्ष पनि धुमधामका साथ मनाईंदैछ ।


सात दिन अघि नै कलशयात्रा गरि प्रारम्भ गरिएको यो महोत्सव मंगलबार समापन हुने मेला आयोजक समितिले जनाएको छ । लगभग ८० वर्ष पुर्व स्थानीय स्व.गणेश पाण्डे तथा हरिशचन्द्र पाण्डे लगायतका व्यक्तिहरुको अगुवाईमा सुरु गरिएको कृष्णाजन्माष्टमी मेला सुगावासीको लागि परम्परा नै बनेको छ । दिनहरु बित्दै जाँदा सो क्षेत्रकै उत्कृष्ट महोत्सवको रुपमा प्रख्यात बनेको छ कृष्णाजन्माष्टमी मेला । तर पछिल्ला वर्षहरुको तुलनामा विगत दुई वर्षदेखि कोरोना संक्रमण , लकडाउन लगायतका कारणले मेला प्रभावित भएको देखिए पनि भक्तजनहरुको आस्थामा बृद्धि नै भएको जनपा –४का वडाध्यक्ष लोकेन्द्र लाल कर्णको भनाई छ । हजारौं सुगा गाँउवासीको मात्र नभई सो क्षेत्रकै लाखौं हिन्दु धर्मावलम्बीहरुको आस्थाको पर्व कृष्णाजन्माष्टमी महोत्सव सेवा समितिले आयोजना गर्दै आएको थियो र सोही परम्परालाई स्थानीय निकायले पनि कायम राखेको अध्यक्ष कर्णको भनाई छ । स्थानीयवासीहरुले कृष्णाजन्माष्टमी मेलाको समय नजिकिंदै जाँदा स्वःस्फूर्त रुपमा यथासक्य चन्दा दिने र घर–घरबाट महिला पुरुष सबैले महोत्सवमा सहभागि हुने गरेको सोही गाँउ निवासी पत्रकार धिरेन्द्र रायको बताउँछन । अन्य समयमा दलीय तथा अन्य कारणले गाँउलेहरु बिच कुरा नमिलेपनि मेलाको बेला साराका सारा गाउँ नै कृष्णको भक्तिमा रमाउने गरेका छन । यसले कृष्णाजन्माष्टमी जन्मोत्सव सुगावासीको लागि स्नेह र सद्भावको अदभूत नमूना देखिने गरेको स्थानीयवासी शोभित झा बताउँछन् । वर्षौदेखि मेलालाई नजिकबाट नियाल्दै आएका ६५ वर्षिय झा भन्छन –‘ अब त मान्छे संग पैसा नै छैन मेला त पहिले हुन्थ्यो धनुषा महोत्तरी मात्र नभई उदयपुर सम्मका व्यापारीहरुले पसल थाप्थे , भारत बिहारबाट पसल थाप्ने तथा मेला भर्न आउनेहरुको ओइरो नई लाग्थ्यो ।’ तथापि अझै पनि यो परम्परा कायम रहनुले हिन्दुधर्मावलम्बीहरुको आस्थालाई जोगाउने कार्य समेत मेलाले गर्दै आएको सत्य कुरो कसैले नर्कान नसक्ने झाको कथन छ ।

श्री कृष्ण भगवानको लिलाको चित्रण गर्ने रासलिलाको आयोजना गरिएको छ जोकि विगत सात दिनदेखि प्रत्येक रात प्रदर्शन हुने गरेको छ । भारतको युपी राज्यको बनारसबाट आएको सो टोलीको रासलिला हेर्ने दर्शकहरुको भीड लाग्ने गरेको छ । त्यसै गरि भक्तजनहरुको मांगलाई ध्यानमा राखि भागवत वाचन कार्यक्रमको समेत आयोजना गरिएको छ । सोमवार भागवत वाचन कार्यक्रम समेत समापन हुने वडाध्यक्ष कर्णले जनाए । स्थानीय निकायले मेलाको जिम्मेवारी लिए यतादेखि सुगावासीहरुमा मेला प्रतिको उत्साह अझै थपिएको छ । मेला आयोजना गर्न सजिलो नभए पनि सुगावासीहरुको सहयोगी व्यवहारले मेला आयोजन समितिलाई अत्यन्तै सहज भएको अध्यक्ष कर्णले बताए ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
सुनको मूल्य फेरी घट्यो

सुनको भाउ घट्यो

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य