TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

जनगणनामा चार अर्ब खर्च, ३९ हजार गणक परिचालन गरिने


जनगणनामा चार अर्ब खर्च, ३९ हजार गणक परिचालन गरिने
ADVERTISEMENT

काठमाडौँ । राष्ट्रिय जनगणना, २०७८ का लागि कुल चार अर्ब रुपैयाँ खर्च हुने केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । नेपालमा हरेक १० वर्ष अवधिमा जनगणना हुने गरेको छ । राष्ट्रिय जनगणना २०७८ को १२ औं श्रृंखलाको लागि करिब चार अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान विभागले गरेको महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिए ।


जसमध्ये, सर्वसाधारण जनताको घरदैलो गर्ने जनगणकहरूको पारिश्रमिक र तलब सुविधामा मात्र एक अर्ब ८० करोड रुपैयाँ खर्च हुने विभागले जनाएको छ । जनगणना गर्न विभागले कुल ३९ हजार गणक परिचालन गर्दैछ ।  यस्तै, देशैभर आठ हजार ५०० जना सुपरीवेक्षक परिचालन गरिने गरिने समेत विभागले जनाएको छ । सुपरिवेक्षकको भर्ना नियुक्ति गत भाद्र २० गतेदेखि शुरू भइसकेको छ भने ३९ हजार जनगणकहरूलाई यही कात्तिक १३ देखि २६ गतेसम्म नियुक्ति दिइने तथ्याङ्क विभागले जनाएको छ ।

आगामी कार्तिक २५ गतेदेखि मंसिर ९ गते (१५ दिनसम्म) राष्ट्रिय जनगणना संचालन हुँदैछ । सरकारले सातवटै प्रदेशबाट कुल ७५३ स्थानीय तहमध्ये ३४९ स्थानीय तहमा स्थानीय जनगणना कार्यालय स्थापना गरिसकेको छ भने ८० जिल्लामा जनगणना कार्यालय स्थापना गरेको छ ।

पहिलोपटक जनगणनामा ट्याबलेट प्रयोग गरिँदै 

सरकारले इतिहासमै पहिलो पटक जनगणनाका लागि डिजिटल प्रविधि (ट्याबलेट) प्रयोग गर्ने भएको छ । हस्तलिखित प्रश्नोत्तर कागजको साटो पहिलोपटक सरकारले ट्यावलेटको प्रयोग गर्ने भएको हो । तर, यो काठमाडौं उपत्यका भित्र मात्र प्रयोग गरिने केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

करिब ४० लाख जनसंख्या भएको काठमाडौंमा ट्याबलेट प्रयोग गरि तथ्याङ्क टिपोट गरिने विभागका महानिर्देशक श्रेष्ठले जानकारी दिए । बढ्दो प्रविधिसँगै सबै जिल्ला तथा स्थानीय तहमा डिजिटल प्रविधिमार्फत नै जनगणना गर्ने सरकारको चाहना हुँदाहुँदै पनि खर्चिलो हुने र त्यो धान्न नसकिने हुँदा पहिलो चरणमा काठमाडौंमा मात्र प्रयोग गर्न लागिएको उनको भनाइ छ । यदि देशैभरी यसैगरी जनगणना गर्ने हो भने करिब ५० हजार ट्याबलेटको आवश्यकता पर्ने र त्यो अहिलेको खर्चले धान्न नसक्ने उनले बताए ।

‘मेरो गणना, मेरो सहभागिता मुल नारासहित हुँदै गरेको राष्ट्रिय जनगणना २०७८ यही आउँदो कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म सञ्चालन हुँदैछ । यसअघि गत जेठ २५ गतेदेखि असार ८ गतेसम्मका लागि तोकिएको जनगणना कोरोना महामारीका कारण प्रभावित हुन पुगेको थियो । नेपालमा मात्र नभएर कोभिड–१९ कै कारण विश्वका अन्य ६७ मुलुकको जनगणना समेत प्रभावित हुन पुगेको थियो ।

थप १२ प्रश्न सोधिने
१२औं शृङ्खलाको राष्ट्रिय जनगणना २०७८ को तीव्र तयारी गरिरहेको केन्द्रीय तथ्याङ्क विभागले यसपटकको जनगणनाका लागि थप १२ प्रश्न सोधिने जानकारी दिएको छ  यसअघि कुल ६८ प्रश्न सोधिएकोमा यसपटक थप १२ प्रश्न गरेर कुल ८० प्रश्न पुर्‍याइएको विभागका महानिर्देशक श्रेष्ठले जानकारी दिए ।

जसमध्ये, यसपटक जनसंख्यालाई मात्र केन्द्रीत नगरेर सरकारले जनसंख्या रहने समुदायको आर्थिक, सामाजिक, राजनीतिक तथा धार्मिक वस्तुस्थितिलाई समेत तथ्याङ्कमा समेटिने उनले बताए । जसका लागि पहिलो पटक सरकारले राष्ट्रिय जनगणनामा व्यक्तिको माग विवरण संकलन नगरि व्यक्तिको घर÷आवास तथा व्यवसाय रहने अवस्था र बैंकिङ गतिविधिको समेत लेखत राख्ने उनले जानकारी दिए । जसमा व्यक्तिको बैंक खाता छ÷छैन समेत एकिन गरिने उनले जानकारी दिए ।

यस्तै, अन्यमा उद्योग, कलकारखाना, सिनेमा लगायत विविध प्रश्नहरू समेत समेटिने विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
थप ४ हजार ९२८ जनामा कोरोना संक्रमण पुष्टि, ३५ जनाको मृत्यु

थप १ हजार ६ सय ४० जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य