TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

कमला नगरपालिकाको बजेट अनुमान पारित, पूर्वाधार विकासलाई प्राथमिकता


कमला नगरपालिकाको बजेट अनुमान पारित, पूर्वाधार विकासलाई प्राथमिकता
ADVERTISEMENT

जनकपुरधाम, भदौ २४ गते । धनुषाको कमला नगरपालिकाले चालू आर्थिक वर्षका लागि लगभग ५२ करोड ७० करोड रुपैयाँको अनुमानित बजेट पारित गरेको छ । गत सोमबार सम्पन्न नगरपालिकाको पाँचौं नगरसभाले ५२ करोड ७० लाख ४० हजार पाँच सय ९० रुपैयाँको बजेट अनुमान पारित गरेको हो ।


नगरपालिकाले खुला, पारदर्शी र जनसहभागितामा सम्पन्न नगरसभाबाट बजेटअनुमान पारित गराएकोे हो । बन्दकोठाभित्र नगरसभा गर्ने स्थानीय तहको अभ्यासविपरीत कमला नगरपालिकाको नगरसभा खुला ढंगले गरिएकाले यहाँका जनप्रतिनिधिहरू जनअउत्तरदायी र सुशासनका पक्षधर रहेको टिप्पणी गरिएको छ ।

नगरप्रमुख रामउदगार गोइतको अध्यक्षता तथा नगरका जेष्ठ नागरिक सोभित गोहितमानको प्रमुख आतिथ्यमा सम्पन्न नगरसभाबाट पारित बजेट अनुमानमा भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिइएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रकुमार सढानले जानकारी दिए । उनले भने, ‘सडक, सिँचाइ, कृषि, शिक्षा र स्वाथ्य क्षेत्रमा पूर्वाधार विकास गरी नगरपालिका क्षेत्रलाई आधारभूत आवश्यकतामा आत्मनिर्भर र समुन्नत बनाउने उद्देश्यले पूर्वाधार विकासमा जोड दिनेगरी बजेटअनुमान पारित गराइएको हो ।’

जिल्लाको पूर्वीदक्षिणी भेगस्थित कमला नगरपालिकाका अधिकांश व्यक्तिको आजीविका धान्ने पेसा कृषि छ । कृषिजन्य उत्पादन वृद्धि र उत्पादित सामग्रीलाई बजारसँग जोड्न भौतिक पूर्वाधार आवश्यक रहेको ठहरका आधारमा यस क्षेत्रलाई प्राथमिकतामा राखिएको स्थानीय जनप्रतिनिधिहरूले बताए । नगरपालिकाभित्र निर्माणाधीन एवम् बाँकी पूर्वाधार विकासका कामलाई प्रथमिककीकरण गरी बजेट अनुमान पारित गराइएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सढानको भनाइ छ ।

पारित गरिएको बजेट अनुमानमा राजश्व बाँडफाँडक्रममा संघ सरकारबाट प्राप्त रकम र मालपोत राजश्व गरी आठ करोड ९७ लाख २१ हजार, प्रदेश सरकारद्वारा राजश्व बाँडफाँडबाट प्राप्त ५० लाख, संघ सरकारका समानीकरण अनुदान र सशर्त अनुदानबाट प्राप्त हुने २८ करोड ७८ लााख, प्रदेश सरकारका वित्तीय समानीकरण, सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान गरी २ करोड ९३ लाख ९६ हजार रुपैयाँ समाविष्ट गरिएको छ । संघ सरकारबाट प्राप्त हुने विशेष अनुदान र समपूरक अनुदान बजेट अनुमानमा समावेश गरिएका छैनन् ।

आन्तरिक स्रोततर्फ स्थानीय तहले संकलन गर्ने शीर्षकका करबाट प्राप्त हुने ४९ लाख ६० हजारसमेत पारित बजेट अनुमानमा छ । गत वर्ष नगरपालिकाको नाममा मौज्दात रहेको १२ करोड ३१ लाख २३ हजार ५९० रुपैयाँ पनि बजेट अनुमानको हिस्सा बनेको छ । नगरसभामा नगरपालिकाकी उपप्रमुख शीलादेवी मण्डल, वडाध्यक्षहरू, समाजसेवी, नागरिक समाजका सदस्यहरू, कर्मचारी आदिको उपस्थिति रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
परिवर्तनमुखी परिणामको दाबी गर्दै मनिष झा गाउँ–टोलमा
प्रदेश २

परिवर्तनमुखी परिणामको दाबी गर्दै मनिष झा गाउँ–टोलमा

March 1, 2026
संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए
Headline

संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए

February 28, 2026
Next Post
कृषि मल उपलब्ध नगराएकाे भन्दै किसान उत्रिए सडकमा

कृषि मल उपलब्ध नगराएकाे भन्दै किसान उत्रिए सडकमा

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य