TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

काँग्रेसले टुङ्ग्यायो ८ वटा जिल्लाको सदस्यता विवाद


काँग्रेसले टुङ्ग्यायो ८ वटा जिल्लाको सदस्यता विवाद
ADVERTISEMENT

नेपाली काँग्रेसले ८ वटा जिल्लाको पार्टी क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको छ ।


मंगलबार काभ्रे, सिन्धुपाल्चोक, मोरङ, महोत्तरी, बाजुरा, बर्दिया, पर्सा र कैलालीमा क्रियाशील सदस्यता विवाद टुंगिएको छ । नेता कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखकको समन्वयमा कल्याण गुरुङ बाहेक क्रियाशील छानविन समितिका सदस्यहरुले सर्वसम्मत रुपमा विवाद निरुपण गरेका हुन् । सिटौला, रिजाल र लेखकले बनाएको मापदण्ड अनुसार क्रियाशील छानविन समितिले निर्णय लिएको छानविन समितिका सदस्य योगेन्द्र चौधरीले जानकारी दिए । तर निर्वाचन समितिले  ८ जिल्लाको सदस्यता नामावली बुझेको भने छैन । छानविन समितिले पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेललाई बुझाएको छ ।

२० वटा जिल्लाको सदस्यता नामावली किस्ता किस्तामा नबुझ्ने निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवको अडान छ ।  २० वटै जिल्लाका सदस्यता नामावली चाँडो टुंग्याउन निर्वाचन समितिले ताकेता गरिरहेको छ । चौधरीका अनुसार आज बाँके, सुर्खेत र काठमाडौंको विवाद पनि निरुपण गर्ने तयारी छ ।

सिटौला नेतृत्वको समितिले बनाएको मापदण्डअनुसार सुर्खेतमा अखण्ड समानान्तरले  १९९ क्रियाशील सदस्यता पाएको छ । तर उक्त मापदण्डअनुसार ३ वटा वडामा आफूनिकट मान्छे पराजित हुने भएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले मान्न तयार छैन । पौडेल पक्षमा प्रतिनिधिहरुले बाँके र सुर्खेतमा सदस्यता लेनदेन गरी मिलाउन पौडेल पक्षको प्रस्ताव छ । तर देउवा पक्षले सबै जिल्लामा एउटै मापदण्ड लागू गर्नुपर्नेमा जाड दिएको छ । बाँकी ९ जिल्लामा पनि यस्तै विवाद छ । सिरहा, सप्तरी, धनुषा, सर्लाही, रौतहट र बारा गरी प्रदेश २ का ६ जिल्लामा क्रियाशील सदस्यता विवाद कायमै छ ।  यस्तै बागमती प्रदेशको रसुवा, लुम्बिनी प्रदेशको कपिलवस्तु र  कर्णाली प्रदेशको डोल्पामा पनि चर्को विवाद  ।

यी तीनवटै जिल्लामा समायोजन सम्बन्धी विवाद छ । रसुवामा तत्कालीन नयाँ शक्ति, कपिलवस्तुमा संघीय फोरम र डोल्पामा राप्रपाबाट आएकाहरुको सम्बन्धमा क्रियाशील सदस्यता विवाद छ । २० जिल्लामा भदौ १८ मा वडा अधिवेशन नहुन नसकेपछि अधिवेशनको कार्यतालिका नै परिमार्जन गर्नुपरेको छ । यी २० जिल्लामा असोज ५ गत वडा अधिवेशन गर्ने नयाँ मिति तोकिएको छ । यस्तै पालिकाको अधिवेशन भदौ २७ बाट असोज ९ गते सारिएको छ । यस्तै प्रदेश निर्वाचन असोज १२ गते तथा एकमात्र निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन असोज १५ गते गरिनेछ । यसअघि जिल्ला अधिवेशन असोज ५ गते गर्ने तय भएको थियो ।

यसैगरी एक भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा असोज १० बाट असोज १८ का लागि सारिएको छ । तर, प्रदेशको अधिवेशन भने कात्तिक १० देखि १२ सम्म गरिनेछ भने मंसिर ९ देखि १३ मा महाधिवेशन गर्ने काँग्रेसको तयारी छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
प्रतिनिधि सभाको हिउँदे अधिवेशन आइतवारदेखि शुरु हुने

राष्ट्रियसभा बैठकमा एमालेकाे अवराेध, असाेज ५ सम्मका लागि बैठक स्थगित

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य