जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनकपुरधाम आइपुगेका छन् ।
प्रदेश नं. २ को अस्थायी राजधानीमा पार्टीले आयोजना गरेको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन अध्यक्ष प्रचण्ड र नेता मातृकाप्रसाद यादव आज जनकपुरधाम आएका हुन् । जनकपुर एयरपोर्टमा अध्यक्ष प्रचण्ड र नेता यादवलाई स्वागत गरिएको छ ।
स्वागतका लागि प्रदेश २ का आन्तरिक मामिला तथा संचार मन्त्री भरतप्रसाद साह, राज्यमन्त्री रुबी कर्ण, संघीय सांसद बोधमाया यादवल, प्रदेश २ का इन्चार्ज गणेश साह, सह– इन्चार्जद्वय महेन्द्र पासवान र बिश्वनाथ साहलगायत पार्टीका अन्य नेता कार्यकर्ता एयरपोर्ट पुगेर स्वागत गरेका थिए । अध्यक्ष प्रचण्डले भने एयरपोर्टमा कुनै प्रतिक्रिया दिएनन् ।
शनिबार प्रदेश २ कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको आन्तरिक मामीला तथा सञ्चार मन्त्रीको प्रेस संयोजक शिवम साहले जानकारी दिए ।
प्रशिक्षण कार्यक्रमका लागि प्रदेश २ का आठै जिल्लाबाट अगुवा नेता कार्यकर्ता आएका छन् ।









तपाईको प्रतिक्रिया