TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

मन्त्री साहद्वारा साइकल तथा ट्राइसाइकल वितरण


मन्त्री साहद्वारा साइकल तथा ट्राइसाइकल वितरण
ADVERTISEMENT

राजविराज । प्रदेश नं. २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले “छोरी शिक्षित भए घरनै शिक्षित हुने” बताएका छन् ।
सप्तरीको बरमझियामा शनिबार कक्षा ८ का छात्राहरुलाई साइकल वितरण गर्दै उनले यस्तो बताएका हुन् ।


कञ्चनरुप नगरपालिकाका वडा नं. ३ का वडाअध्यक्ष सत्य नारायण साहको अध्यक्षतामा आयोजित साइकल तथा ट्राई साइकल वितरण कार्यक्रममा मन्त्री साहले भने– “छोरी नभए संसार चल्न सक्दैन, छोरी जगत जननी हुन, छोरी बिनाको जिवन कल्पना पनि गर्न सकिदैन ।” समाजमा छोरा–छोरीबीचको भेदभावका कारण छोरी शैक्षिक क्षेत्रदेखि अन्य क्षेत्रमा पछाडी परिरहेको प्रति दुःख व्यक्त गर्दै मन्त्री साहले अगामी दिनमा यसमा सुधार हुने विश्वास समेत व्यक्त गरे ।

छोरी पछाडी पर्नुको मुख्य कारण आमा नै रहेको तथ्यलाई उजागर गर्दै मन्त्री साहले छोरालाई निजी विद्यालय, छोरीलाई सामुदायिक विद्यालय, छोरालाई भात, दाल, तरकारी र छोरीलाई बासी भात दिने, यस्तो चरित्र त्याग्न सबैलाई आग्रह समेत गरे ।

सोही कार्यक्रममा राष्ट्रिय शिक्षक मंचका राष्ट्रिय उपाध्यक्ष दिनेश कुमार यादवले घरकै द्वेष व्यवहारकै कारण समाजमा छोरी पछाडी परिरहेको बताए । समाजमा छोरा–छोरीबीच एकरुपता कायम भयो भने पक्कै पनि छोरीहरु पनि अगाडी बढ्ने विश्वास व्यक्त गर्दै पाएको साइकललाई सदुपयोग गर्ने छात्राहरुलाई उनले आग्रह गरे । साइकल लोहाको भए पनि यसमा लहु जस्तो भावना जुडेको भन्दै साइकललाई समान्य रुपमा नलिन उनले आग्रह गर्दै दुर दराजका छात्राहरुलाई विद्यालयसम्म पुग्न सहयोग हुने विश्वास समेत उनले बताए ।

कार्यक्रममा आधारभुत विद्यालयका ३० जना छात्रालाई साइकल तथा १८ जना अपाङ्गता व्यक्तिहरुलाई ट्राई साइकल प्रदान गरिएको थियो ।

कार्यक्रममा कञ्चनरुप नगरपालिकाका प्रमुख बसन्त मिश्र, उप प्रमुख निरु पाखेरेल, स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादव, जसपाका नेताहरु सुगम्बर यादव, थापा यादव, राम चन्दर यादव, विकास साह सहितका वक्ताहरुले आ–आफ्ना विचार राखेका थिए ।

त्यसैगरी कंचनरुप नगरपालिका वडा नं. १० स्थित वडा अध्यक्ष दिलिप कुमार चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मन्त्री साहले ७ जना छात्राहरुलाई साइकल र ८ जना अपाङ्गता भएका व्यक्तिहरुलाई ट्राइसाइकल प्रदान गरिएको थिए ।

त्यसैगरी कृष्णासबरन गाउँपालिका वडा नं. १ घोघिदाहा स्थित जनचेतना माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा मन्त्री साहले १८ जना छात्राहरुलाई साइकल र १५ जना अपाङ्गता व्यक्तिहरुलाई ट्राईसाइकल प्रदान गरेको थिए ।

छात्राहरुलाई विद्यालय सम्म पुग्न तथा अपाङ्गता भएका व्यक्तिहरुलाई आफ्नो दैनिक कामकाजमा सहजता पुगोस मुख्य उद्देश्यका साथ साइकल तथा ट्राईसाइकल वितरण गरेको मन्त्री साहले बताए ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
उपेन्द्र यादव पक्षका ३० कार्यकारिणी सदस्य सशरीर निर्वाचन आयोग पुग्ने

जसपा संविधान दिवसमा सहभागी नहुने

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य